बहुगुणी अदुवा



भान्सामा प्रयोग हुने मसलाले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । मसलामध्ये अदुवालाई मसला सूचीको शीर्ष स्थानमा राख्न सकिन्छ । अदुवामा पाइने जिंजरोल नामक यौगिक एन्टि-इन्फ्लेमेटरी पदार्थले दुखाइ कम गर्छ । अदुवा एक एन्टिअक्सिडेन्ट पनि हो ।

अदुवाले शरीरका हानिकारक तत्त्वलाई बाहिर निकाल्छ । अदुवा नियमित सेवनले क्यानसको खतारलाई समेत कम गर्छ । तर पाइल्स तथा अन्य मलद्वारसम्बन्धी रोग भए यसको कम प्रयोग गर्नुपर्छ । अदुवाले स्वास्थ्यमा पुर्‍याउने अन्य फाइदाहरू यस प्रकार छन् :

तौल घटाउन

अदुवामा तौल घटाउने गुण हुन्छ । अदुवाले पाचन प्रकृयालाई राम्रो बनाउँछ र भोकलाई कम गर्छ । अदुवन सेवन गर्दा धेरै खाने इच्छा हटाउँछ । अदुवामा पाइने शोगाओल्स र अदुवाको यौगिकले शरीरमा जैविक गतिविधि बढाउँछ । अदुवाको सेवन नगर्ने मानिसको तुलनामा अदुवा सेवन गर्ने मानिसले लामो समयसम्म पेट भरिएको महसुस गरेको एक अध्ययनले देखाएको छ । यसले विशेष गरी हिपदेखि कम्मरसम्म प्रभाव पार्छ ।

पाचन प्रकृयामा सुधार

अदुवा एक प्राकृतिक एन्टिबायोटिक हो । जसले शरीरबाट हानिकारक ब्याक्टेरिया हटाउँछ । अदुवाले पेटको स्वास्थ्य राम्रो बनाउँछ । यसले अपचलाई पनि निको पार्छ । अदुवाले ग्यास्ट्रिक एसिड र पाचन इन्जाइमलाई समर्थन गर्दछ जसले पाचन सुधार गर्दछ ।

क्यान्सरको खतरा कम गर्छ

अदुवाले क्यान्सरका कोशिकालाई कत्तिको असर गर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । अनुसन्धानले देखाएअनुसार अदुवाले केमोथेरापी औषधिभन्दा छिटो र सुरक्षित रूपमा डिम्बग्रंथि क्यान्सर कोशिकालाई मार्छ । केमोथेरापीको समयमा, स्वास्थ्यसँग सम्बन्धित धेरै प्रकारका समस्याहरू हुन्छन्, जसको उपचार पनि अदुवाले गर्छ । अदुवा पेटको क्यान्सर र आन्द्रा सुन्निएको कम गर्न मद्दत गर्दछ ।

टाउको दुखाइमा प्रभावकारी

बारम्बार टाउको दुख्ने समस्या छ भने अदुवाको टुक्रा चपाउन सकिन्छ । यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले टाउको दुखाइमा राहत दिन्छ । धेरैजसो मानिसले टाउको दुखाइ कम गर्नको लागि औषधि लिन्छन् । तर औषधिको प्रयोग नगरी अदुवाको प्रयोग गर्नु प्राकृतिक उपाय हो । हरेक दिन अदुवा खाएमा माइग्रेनको समस्या पनि कम हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जीवनमा समय धेरै महत्त्वपूर्ण छ । जीवनमा समयले मात्र सही बाटो देखाउँछ तर यसका लागि समयको सही दिशा हुनु आवश्यक

अहिले धेरैजसो मानिसहरू आफूलाई सुन्दर देखाउन विभिन्न कुराहरूको प्रयोग गर्छन् । धेरैले घरेलु उपाय अपनाउने गर्छन् भने धेरैले चलन अनुसार

बारबरा अडम्स फाउन्डेसनले ‘स्टोलेन इमेज अफ नेपाल’ कार्यक्रम गरेको छ । आइतबार काठमाडौँमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध