English

बहुगुणी अदुवा



भान्सामा प्रयोग हुने मसलाले स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ । मसलामध्ये अदुवालाई मसला सूचीको शीर्ष स्थानमा राख्न सकिन्छ । अदुवामा पाइने जिंजरोल नामक यौगिक एन्टि-इन्फ्लेमेटरी पदार्थले दुखाइ कम गर्छ । अदुवा एक एन्टिअक्सिडेन्ट पनि हो ।

अदुवाले शरीरका हानिकारक तत्त्वलाई बाहिर निकाल्छ । अदुवा नियमित सेवनले क्यानसको खतारलाई समेत कम गर्छ । तर पाइल्स तथा अन्य मलद्वारसम्बन्धी रोग भए यसको कम प्रयोग गर्नुपर्छ । अदुवाले स्वास्थ्यमा पुर्‍याउने अन्य फाइदाहरू यस प्रकार छन् :

तौल घटाउन

अदुवामा तौल घटाउने गुण हुन्छ । अदुवाले पाचन प्रकृयालाई राम्रो बनाउँछ र भोकलाई कम गर्छ । अदुवन सेवन गर्दा धेरै खाने इच्छा हटाउँछ । अदुवामा पाइने शोगाओल्स र अदुवाको यौगिकले शरीरमा जैविक गतिविधि बढाउँछ । अदुवाको सेवन नगर्ने मानिसको तुलनामा अदुवा सेवन गर्ने मानिसले लामो समयसम्म पेट भरिएको महसुस गरेको एक अध्ययनले देखाएको छ । यसले विशेष गरी हिपदेखि कम्मरसम्म प्रभाव पार्छ ।

पाचन प्रकृयामा सुधार

अदुवा एक प्राकृतिक एन्टिबायोटिक हो । जसले शरीरबाट हानिकारक ब्याक्टेरिया हटाउँछ । अदुवाले पेटको स्वास्थ्य राम्रो बनाउँछ । यसले अपचलाई पनि निको पार्छ । अदुवाले ग्यास्ट्रिक एसिड र पाचन इन्जाइमलाई समर्थन गर्दछ जसले पाचन सुधार गर्दछ ।

क्यान्सरको खतरा कम गर्छ

अदुवाले क्यान्सरका कोशिकालाई कत्तिको असर गर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । अनुसन्धानले देखाएअनुसार अदुवाले केमोथेरापी औषधिभन्दा छिटो र सुरक्षित रूपमा डिम्बग्रंथि क्यान्सर कोशिकालाई मार्छ । केमोथेरापीको समयमा, स्वास्थ्यसँग सम्बन्धित धेरै प्रकारका समस्याहरू हुन्छन्, जसको उपचार पनि अदुवाले गर्छ । अदुवा पेटको क्यान्सर र आन्द्रा सुन्निएको कम गर्न मद्दत गर्दछ ।

टाउको दुखाइमा प्रभावकारी

बारम्बार टाउको दुख्ने समस्या छ भने अदुवाको टुक्रा चपाउन सकिन्छ । यसमा पाइने एन्टी इन्फ्लेमेटरी गुणले टाउको दुखाइमा राहत दिन्छ । धेरैजसो मानिसले टाउको दुखाइ कम गर्नको लागि औषधि लिन्छन् । तर औषधिको प्रयोग नगरी अदुवाको प्रयोग गर्नु प्राकृतिक उपाय हो । हरेक दिन अदुवा खाएमा माइग्रेनको समस्या पनि कम हुन्छ ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

Latest










Popular
Suggested