एमसीसीमा उपेन्द्र मौन, बाबुराम पास गराउन आतुर



सत्तासाझेदार दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संघीय अध्यक्ष उपेन्द्र यादव पक्ष अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझै अनिर्णीत बनेको छ ।

शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसीबारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन । जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा छ । अध्यक्ष डा.भट्टराई एमसीसी संसदबाट पारित गराउन जोडबल गरिहरेका छन् ।

निष्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष यादव, अर्का अध्यक्ष डा.भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा.भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।

यो पनि
थप पेचिलो बन्दै एमसीसी विषय, सहमति जुटाउन कांग्रेसको दौडधूप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

भदौ २६ गतेका लागि तय भएको बीपी साहित्य महोत्सवको स्थगित कार्यक्रम बुधबार भएको छ । ११०औँ बीपी जयन्तीका अवसरमा यही

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडा लगिएको छ । सीताको आज बिहान

चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछानेले ५४