English

एमसीसीमा उपेन्द्र मौन, बाबुराम पास गराउन आतुर



सत्तासाझेदार दल जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संघीय अध्यक्ष उपेन्द्र यादव पक्ष अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताप्रति अझै अनिर्णीत बनेको छ ।

शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारी समितिको बैठकले एमसीसीबारे निर्णय गर्ने भनिए पनि कुनै निर्णय गर्न सकेको छैन । जसपाकै संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा छ । अध्यक्ष डा.भट्टराई एमसीसी संसदबाट पारित गराउन जोडबल गरिहरेका छन् ।

निष्कर्ष बिनै सकिएको बैठक आइतबार पनि बस्नेछ । शुक्रबारदेखि बैठक जारी छ । आइतबार बैठक बस्नुअघि शीर्ष तीन नेताहरू अध्यक्ष यादव, अर्का अध्यक्ष डा.भट्टराई र नेता अशोक राईबीच छलफल हुने बताइएको छ ।

शनिबारको बैठकमा यादवले एकलौटी पार्टी सञ्चालन गरेको, संगठन सुस्त बनाएको, एमसीसीमा मौन बसेको भन्दै डा.भट्टराई पक्षले चर्को आलोचना गरेको थियो ।

यो पनि
थप पेचिलो बन्दै एमसीसी विषय, सहमति जुटाउन कांग्रेसको दौडधूप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । चर्चित सञ्चारकर्मी तथा तीन करोड नेपाली जनताको साझा आवाजका रूपमा परिचित ऋषि धमलाको अध्यक्षतामा “स्वतन्त्र नागरिक अभियान नेपाल”

जेठ ९ । केके मानन्धर ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट

अच्युतकृष्ण शरण:१४ वर्षको वनवासपछि जब भगवान श्री राम अयोध्याको सिंहासनमा आसीन हुनुभयो, त्यतिबेला जनतामाझ माता सीता को पवित्रतामाथि प्रश्न उठ्यो।

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

Latest










Popular
Suggested