English

यी हुन् इतिहासकै सबैभन्दा धनी व्यक्ति !



अहिलेका धनी व्यक्ति हुन् अमेरिकी ई कमर्स कम्पनी अमेजनका फाउण्डर जेफ बेजोस । तर संसारमा यस्ता व्यक्ति पनि थिए जसको अगाडि जेफ बेजो, एलन मस्क पनि फिक्का छन् । उनको सम्पत्ती अहिलेका धनी भनिनेहरुको भन्दा धेरै नै बढी थियो । इतिहासकारको कितावमा मनसा मूसालाई इतिहासको सबैभन्दा धनी व्यक्ति बताइएको छ ।

को थिए मनसा मूसा ?

मनसा मूसा माली देशका राजा थिए । उनको जन्म १२८० मा मालीमा भएको थियो । यी राजाले करिव १३१२ देखि १३३७ सम्म शासन गरेका थिए । उनको पूरा नाम मूसा कीटा प्रथम थिए ।

उनी त्यो बेला सुनको कारोवार गर्दथे । उनीसँग धेरै सुन हुन्थ्यो, उनी जहाँ जान्थे बाटोमा सुन बाँड्दै हिँड्दथे । केहि रिपोर्ट्समा त्यो बेला उनीसँग ४० लाख अमेरिकी डलरको सम्पत्ती रहेको बताइएको छ ।

उनले विभिन्न मस्जिदको निर्माण गरेका थिए । मनसा मूसासँग सम्पत्ती यति धेरै थियो कि उनी बाटोमा हिँड्दा पनि सुन बाँड्दै हिँड्दथे । उनले १३२४ मा मक्का यात्रा गरेका थिए । यात्रामा उनले साढे ६ हजार किलोमिटरको यात्रा पूरा गरेका थिए । उनलाइै हेर्न मानिस मरिहत्ते गर्दथे । मक्का यात्राका बेला उनीसँग ६० हजार मानिस सामेल थिए । उनी चढेको घोडा भन्दाअघि ५०० जना हुन्थे । र उनले हातमा सुनको लौरो बोक्ने गर्दथे । उनले ८० उँटमा १३६ किलो सुन जडित गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested