यी हुन् इतिहासकै सबैभन्दा धनी व्यक्ति !



अहिलेका धनी व्यक्ति हुन् अमेरिकी ई कमर्स कम्पनी अमेजनका फाउण्डर जेफ बेजोस । तर संसारमा यस्ता व्यक्ति पनि थिए जसको अगाडि जेफ बेजो, एलन मस्क पनि फिक्का छन् । उनको सम्पत्ती अहिलेका धनी भनिनेहरुको भन्दा धेरै नै बढी थियो । इतिहासकारको कितावमा मनसा मूसालाई इतिहासको सबैभन्दा धनी व्यक्ति बताइएको छ ।

को थिए मनसा मूसा ?

मनसा मूसा माली देशका राजा थिए । उनको जन्म १२८० मा मालीमा भएको थियो । यी राजाले करिव १३१२ देखि १३३७ सम्म शासन गरेका थिए । उनको पूरा नाम मूसा कीटा प्रथम थिए ।

उनी त्यो बेला सुनको कारोवार गर्दथे । उनीसँग धेरै सुन हुन्थ्यो, उनी जहाँ जान्थे बाटोमा सुन बाँड्दै हिँड्दथे । केहि रिपोर्ट्समा त्यो बेला उनीसँग ४० लाख अमेरिकी डलरको सम्पत्ती रहेको बताइएको छ ।

उनले विभिन्न मस्जिदको निर्माण गरेका थिए । मनसा मूसासँग सम्पत्ती यति धेरै थियो कि उनी बाटोमा हिँड्दा पनि सुन बाँड्दै हिँड्दथे । उनले १३२४ मा मक्का यात्रा गरेका थिए । यात्रामा उनले साढे ६ हजार किलोमिटरको यात्रा पूरा गरेका थिए । उनलाइै हेर्न मानिस मरिहत्ते गर्दथे । मक्का यात्राका बेला उनीसँग ६० हजार मानिस सामेल थिए । उनी चढेको घोडा भन्दाअघि ५०० जना हुन्थे । र उनले हातमा सुनको लौरो बोक्ने गर्दथे । उनले ८० उँटमा १३६ किलो सुन जडित गरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

गाउँको नाम सुन्दा चारैतिर फैलिएको हरियालीका तस्बिर आँखाअगाडि आउन थाल्छन् । जसका कारण गाउँहरू निकै उत्साहित हुन्छन् । आज हामी

भारत संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश हो। यहाँ भारतको संविधान प्रत्येक राज्य, सहर, सहर र गाउँमा लागू हुन्छ र प्रत्येक

यो गाउँमा एक जना पनि पुरुष छैन । यहाँ महिला पूर्ण स्वतन्त्रताका साथ बाँचिरहेका छन् । यो गाउँमा महिलालाई बस्न

यस संसारमा यस्ता धेरै रहस्यमय ठाउँ र चीजहरू छन्, जसको बारेमा जान्दा मानिसहरू अचम्ममा पर्छन् । यी मध्ये कतिपय ठाउँ