English

अनमोलको ‘हनी बनी’ रिलिज कहिले ?



अभिनेता अनमोल केसी र सलोन बस्नेतको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ आगामी १४ असोजमा रिलिज हुने भएको छ । दिवाकर भट्टराईको निर्देशन रहने फिल्मले आफ्नो सुटिङअगावै दसैँलाई लक्षित गर्दै रिलिज मिति बुक गरेको हो ।

निर्देशक भट्टराईले मार्चबाट फ्लोरमा जाने फिल्मका लागि हाल प्रमुख अभिनेत्रीको छनोट भइरहेको बताए । लन्डनमा छायांकन हुने फिल्मका लागि बाँकी कलाकार चाँडै नै टुंगो लाग्ने उनको भनाइ छ ।

एबी इन्टरनेसनलले गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिटेडसँग सहकार्य गरी निर्माण गर्न लागेको फिल्ममा अजितकुमार थापा, अमित बस्नेत र परी राना निर्माता छन् ।

अंकित गौतम कार्यकारी निर्माता रहने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । यही टिमले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ । सुदर्शन थापा निर्देशित यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका अभिनय रहेको छ ।

यो पनि
मिस्टर एण्ड मिस कलेज आइकन हुँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested