English

मिस्टर एण्ड मिस कलेज आइकन हुँदै



सप्तरीमा पहिलो पटक मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन हुने भएको छ । किशोर-किशोरीको क्षमता विकास र अभिवृद्धिका लागि मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन गराउन लागेको आयोजकले जनाएको छ ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौंले आइकनको अन्तिम तयारीअन्तर्गत आइतबार फाइनलका लागि १७ जना छनोट गरेको जनाएको छ । उनीहरूलाई निर्णायकको अन्तर्वार्ता, वाककला, प्रश्नोत्तर, व्यक्तित्व आदिबाट छनोट गरेको आयोजक लायन्स क्लब अफ राजविराज सिटीले जनाएको छ ।

प्रतियोगिताका लागि नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष अनिता देवकोटा, युवा उद्यमी मिलन सिंह, राजविराज जेसीजकी पूर्वअध्यक्ष पुनम पोखरेलले सहभागीसँग अन्तर्वार्ता लिएका थिए ।

राजविराजमा हुने ग्राण्ड फिनाले कार्यक्रमबाट मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन-२०२२ छनोट गर्नेछ । फाइनलका लागि तयारी भइरहेको लायन्स कल्ब अफ राजविराज सिटीका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । उनले आगामी शनिबार राजविराजको शिवशङ्कर सिनेमा हलमा हुने फाइनलका लागि टिकट बिक्रीसमेत खुला गरिएको बताएका छन् ।

राजविराज बजार केन्द्रित मात्र नभइ विभिन्न पालिकाका सहभागीलाई एक महिनासम्म कोरियोग्राफर, फोटोग्राफर, डान्सर र विभिन्न विषयका विज्ञ प्रशिक्षकबाट तालिम दिइएको रक्षा मिडिया हाउस प्रालिले जनाएको छ ।

सहभागीको व्यक्तित्व विकासका लागि सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, वाककला, सामाजिक उत्तरदायित्व, जीवनशैली, कलासंस्कृति, बोलीचाली, मानव अधिकार, ट्राफिक नियम, मनोवृत्ति, क्याटवाकका विषयमासमेत विशेषज्ञबाट प्रशिक्षित गराइएको छ । प्रतियोगितामा विजेतालाई शनिबार ताजसहित क्राउन, प्रमाणपत्र, उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिनेछ ।

प्रचार विज्ञापन गराउँदै आएको प्रालिले अभिभावकको मञ्जुरी भएमा आइकन बिजेतालाई म्युजिक भिडियोका लागिसमेत मौका दिने जनाएको छ । यसअघि राजविराज जेसीजको आयोजना र प्रशिक्षक भुवन राउतकै निर्देशनमा पहिलो पटक राजविराज लिटिल आइकन-२०२१ सफलतापूर्वक सम्पन्न भएको थियो ।

रक्षा मिडिया हाउस प्रालिले नेपालको झापा, इलाम, उदयपुर, सुर्खेतलगायातका जिल्लाको सहरमा यसअघि पनि विभिन्न प्रतिभामूलक आइकन प्रतियोगिता गरिसकेको आयोजकले जनाएको छ । राजविराज लिटिल आइकन २०२१ का विजेता आयुषी र उपविजेता मानसीको समेत अन्तर्वार्तामा उपस्थिति रहेको थियो ।

यो पनि
ठाडो भाका र कर्पुटारको विशेषता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested