English

घट्यो संक्रमण दर



नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार ४ सय ५४ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ९१ नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा रहेका छन् । जमसमा काठमाडौंमा ६८, भक्तपुरमा २ र ललितपुरमा १९ संक्रमित थपिएका हुन् । यसैगरी, पछिल्लो २४ घन्टामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११हजार ९ सय १३ पुगेको छ ।

नेपालमा हाल १४ हजार ४ सय ३४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । जसमा १३ हजार ८ सय २८ जना संक्रमित होम आइसोलेसन र ६ सय ७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ सय ४४ संक्रमितको आईसीयु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो पनि…
७४७ जनामा संक्रमित थपिँदा २,३१९ जना निको

६८० जनामा संक्रमित थपिँदा १८३५ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले