English

करण बने ‘बिग बोस’को सर्वाधिक महँगा प्रतियोगी



भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १५औं संस्करणका प्रतियोगी करण कुन्द्राले ‘बिग बोस’मा सर्वाधिक पारिश्रमिक लिने प्रतियोगिका रुपमा नाम दर्ता गराएका छन् । उनले यो शोमा सहभागिता जनाएबापत ४.५ करोड रुपियाँ पारिश्रमिक बुझेका छन् ।

करणको भारतमा राम्रो फ्यान फलोइङ छ । उनको लोकप्रियतालाई मध्येनजर गर्दै शोका निर्माताले पारिश्रमिक बापत ४.५ करोडको चेक दिएका छन् ।

करणको ‘बिग बोस १५’ को यात्रा निकै स्मरणीय रह्यो । यद्यपि, उनले ट्रफी भने उचाल्न पाएनन् । उनी शोमा सेकेण्ड रनरअप बनेका थिए । शोमा तेजस्वी प्रकाशले शीर्ष उपाधि पोल्टामा पारेकी थिइन् । यही शोको समयमा करण र तेजस्वीको प्रेम चर्चा चलेका थियो । दुवैबीच कैयौं पटक टकराव देखिए पनि पुनः उनीहरु मिल्ने गरेका थिए ।

‘बिग बोस’को घरबाट बाहिर आउनासाथ करणले सबैभन्दा पहिला तेजस्वीको विजयोत्सव मनाएका थिए । उनले तेजस्वीको कोठा सजाएर तेजस्वीलाई ‘सरप्राइज’ दिएका थिए । अहिले उनीहरु प्रायः सँगै देखिन्छन् ।

यो पनि…
‘कठपुतली’ हेर्नेलाई आइफोन–१२ उपहार, यस्तो छ नियम

आयुषले छाडे सलमानको फिल्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested