English

मन्त्रीद्वारा श्रीमतीसँग नसुत्न सुझाव



मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरूको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरूलाई पत्नीलाई कुट्न उकासेर घरेलु हिंसालाई सामान्यीकरण गरेको आरोप लागेको छ ।

इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले शुरुमा श्रीमानहरूलाई आफ्ना ‘घमन्डी’ श्रीमतीलाई उनीहरूसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् ।

श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरूसँग तीन दिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् । ‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरूलाई विस्तारै थप्पड हानेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्,’ ‘मोदरर्स टिप्स’ नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् ।

आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकेपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् ।’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्दा अगाडि पहिले अनुमति लिनुहोस् ।

पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलालाई आफ्ना पाटनरको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् । ‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकेपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् ।’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्दा अगाडि पहिले अनुमति लिनुहोस् ।’

महिला अधिकार समूहहरूको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिंसालाई पश्रयले दिएको आरोप लगाउँदै पदबाट राजीनामा दिन माग गरेका छन् ।

‘मलेसियामा अपराध मानिने घरेलु हिंसालाई सामान्यीकरण गर्ने र लैंगिक समानताविरोधी विचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिंसाबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेको थियो । घरेलु हिंसाबारे बोल्दा प्रायः कलंक र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खराब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि
प्रदर्शनपछि क्यानडामा आपतकाल घोषणा
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो