English

मन्त्रीद्वारा श्रीमतीसँग नसुत्न सुझाव



मलेसियाकी एक महिला मन्त्रीले ‘जिद्दी’ श्रीमतीलाई उनीहरूको अशिष्ट व्यवहारको लागि अनुशासन दिन ‘नम्रतापूर्वक’ कुट्ने सल्लाह दिएपछि आक्रोश बढेको छ । महिला, परिवार तथा समुदाय विकास उपमन्त्री सिती जैलाह मोहद युसोफमाथि पुरुषहरूलाई पत्नीलाई कुट्न उकासेर घरेलु हिंसालाई सामान्यीकरण गरेको आरोप लागेको छ ।

इन्स्टाग्राममा पोस्ट गरिएको दुई मिनेट लामो एउटा भिडियोमा उपमन्त्रीले शुरुमा श्रीमानहरूलाई आफ्ना ‘घमन्डी’ श्रीमतीलाई उनीहरूसँग बोलेर नै ‘अनुशासित’ गराउन सुझाव दिएकी छिन् ।

श्रीमतीले स्वभाव परिवर्तन नगरे उनीहरूसँग तीन दिन अलग सुत्न पनि उपमन्त्रीले सुझाव दिएकी छिन् । ‘अझै पनि पत्नीले सुझाव अस्वीकार गरे आफ्नो कठोरता देखाउन र उनलाई परिवर्तन गर्न श्रीमानहरूले उनीहरूलाई विस्तारै थप्पड हानेर शारीरिक स्पर्शको प्रयास गर्न सक्छन्,’ ‘मोदरर्स टिप्स’ नाम दिइएको सो सुझावमा मन्त्रीले भनेकी छिन् ।

आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकेपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् ।’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्दा अगाडि पहिले अनुमति लिनुहोस् ।

पान–मलेशियन इस्लामिक पार्टीको सांसदसमेत रहेकी उपमन्त्रीले महिलालाई आफ्ना पाटनरको मन जित्न पतिसँग मात्र बोल्न आग्रह गरेकी छिन् । ‘आफ्ना श्रीमानहरू शान्त हुँदा खाना खाइसकेपछि र प्रार्थना गरिसकेपछि उनीहरूसँग कुरा गर्नुहोस् ।’ सिति जैलाहले भनिन्, ‘बोल्नुभन्दा अगाडि पहिले अनुमति लिनुहोस् ।’

महिला अधिकार समूहहरूको गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले सितीले घरेलु हिंसालाई पश्रयले दिएको आरोप लगाउँदै पदबाट राजीनामा दिन माग गरेका छन् ।

‘मलेसियामा अपराध मानिने घरेलु हिंसालाई सामान्यीकरण गर्ने र लैंगिक समानताविरोधी विचारलाई निरन्तरता दिने उपमन्त्रीले राजीनामा दिनुपर्छ ।,’ गठबन्धन र लैंगिक समानताका लागि संयुक्त कार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२० देखि सन् २०२१ को अवधिमा घरेलु हिंसाबारे ९ हजार १५ ओटा उजुरी प्रहरीमा परेको थियो । घरेलु हिंसाबारे बोल्दा प्रायः कलंक र डर जोडिएको हुन्छ र यसलाई सिति जैलाह जस्ताको कथनहरूले अझै खराब बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यो पनि…
प्रदर्शनपछि क्यानडामा आपतकाल घोषणा
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested