English

नेपाली फुटबलमा मच्छिन्द्रको छलाङ



अजरबैजानका खेलाडी नोर्लान जाहिद नोभ्रुजोभको निर्णायक गोलसँगै सातदोबाटो युथ क्लबलाई १–० अन्तरले पराजित गर्दै मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दुई खेलअघि नै लगातार दोस्रोपटक जित्न सफल भयो । सातदोबाटोविरुद्धको प्राप्त जितसँगै उसले अंक तालिकामा ११ खेलबाट २९ अंक बनायो । एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी क्लबको २० अंक छ ।

मनाङले अबका तीन नै खेल जितेपछि अंक बराबर हुनेछ । तर, हेड टू हेडमा मनाङलाई १–० ले पराजित गरेको कारण मच्छिन्द्र नै बलियो हुनेछ । यसको मतलब लिग मच्छिन्द्रको हातमा । अब, मच्छिन्द्रले बाँकी दुई खेलमा थ्री स्टार र एपीएफ फुटबल क्लबसँग खेल्नेछ । दुई खेलमा समेत जित निकाले मच्छिन्द्र अपराजित रहँदै शीर्ष डिभिजन लिग जित्नेछ ।

यसअघि, २०६७ सालको लिगमा मच्छिन्द्रले अन्तिम खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० अन्तरले पराजित गर्दै पहिलोपटक शीर्ष डिभिजन लिग जितेको थियो । १० खेल जितको मच्छिन्द्र दुई खेल बराबरी गर्दै एक खेलमा हार व्यहोरेको थियो ।

पछिल्लो समय राष्ट्रिय टोलीका अधिकांश खेलाडी जम्मा पारेर नेपाली फुटबलमा एकछत्र राज गर्ने मच्छिन्द्रले योजना बनाएको थियो । त्यहीअनुसार लगानी गरेको थियो । खर्च गरेअनुसार खेलाडी र प्रशिक्षकले न्याय गर्दै मच्छिन्द्रलाई लगातार उपाधि दिलाए । यसपटक मच्छिन्द्रले गत वर्षको भन्दा बढी खर्च पनि र्गयो र खेलाडीसमेत सोहीअनुसार अनुबन्धन गर्यो । गत साल लिग जिताउँदाका एक दुई खेलाडी बाहिरिँदा उसले झनै तीन खेलाडी थप्दै आफ्नो ‘प्लेइङ सेट’ बलियो बनायो ।

एघारौँ खेलबाट च्याम्पियन हुने योजना पूरा भयो । खेलाडी, टिम व्यवस्थापक र प्रायोजक सबैको मिहेनतले हामी च्याम्पियन भएका हौँ । यो टिम गत सिजनभन्दा बलियो हो । उपाधि जोगाउन २–४ खेलाडी थपेका थियौँ । रिजल्ट त्यहीअनुसार आयो ।

गत वर्ष कीर्तिमानी आठौं पटक लिग च्याम्पियन मनाङ र चार पटकको च्याम्पियन थ्री स्टारबाट ठूला र स्टार खेलाडी अनुबन्धन गरेको मच्छिन्द्रले आफूलाई घरेलु फुटबलमा नयाँ शक्तिको रूपमा उभ्यायो ।

मनाङबाट खेलिरहेका कप्तान विराज महर्जन, सुजल श्रेष्ठ, विशाल राई ‘बी, गोलरक्षक विशाल श्रेष्ठ, अभिषेक रिजाल, सूर्य अधिकारी, विदेशी खेलाडी पिटर सेगुन, एडेलाजा सोमिडे थ्री स्टारबाट खेल्दै गरेका बुद्ध चेम्जोङ, रन्जित धिमाल, विजय धिमाल, च्यासलबाट खेलिरहेका देवेन्द्र तामाङ, पुलिसबाट खेलेका रेजिन सुब्बा र कारबाहीबाट भर्खरै फुकुवा भएका बि’वमल घर्ती मगरलाई अन्तिम खेलमा टोलीमा समावेश गर्दै मच्छिन्द्रले पहिलोपटक लिग उपाधि जित्यो ।

यसपटक एडेलाजा, पिटर, विराज क्लबबाट बाहिरिँदा छिरिङ गुरुङ, सुनील बल, मनीष डाँगी क्लबमा थपिए । यस्तै, विदेशी खेलाडीमा नुर्लान थपिए । यसपटक लिग च्याम्पियन बन्न मच्छिन्द्रले अग्रपंक्तिमा बलियो बन्दै आठ अट्याकरलाई टोलीमा समावेश र्गयो । अघिल्लो वर्ष अन्तिम खेलमा संघर्षपूर्ण जित निकालेको मच्छिन्द्रले त्यसबाट ठूलो पाठ सिक्दै फिनिसिङमा आफूलाई सुधार्ने कोसिस गर्यो । फलतः उ सफल पनि भयो ।

मच्छिन्द्रले पहिलो खेलमा न्युरोड टिम एनआरटीविरुद्ध प्राप्त २-१ को जितपछि कुनै गोल व्यहोर्नुपरेको छैन । १६ गोल गरिसकेको छ । यस अर्थमा गोलरक्षक विशालले १० ‘क्लिन सिट’ राखे ।

मच्छिन्द्र ६२ सालमा पहिलोपटक ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । त्यसक्रममा मच्छिन्द्र २९ वर्ष ‘बी’ डिभिजन लिगमा रह्यो । अघिल्लो साल करोडमाथि खर्च गरेको मच्छिन्द्रले लगातार दोस्रोपटक विजेता बन्न दुई करोड माथि खर्च गरेको छ ।

‘एघारौँ खेलबाट च्याम्पियन हुने योजना पूरा भयो । खेलाडी, टिम व्यवस्थापक र प्रायोजक सबैको मिहेनतले हामी च्याम्पियन भएका हौँ । यो टिम गत सिजनभन्दा बलियो हो । उपाधि जोगाउन २–४ खेलाडी थपेका थियौँ । रिजल्ट त्यहीअनुसार आयो,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले उपाधिपछि भने ।

टिम राम्रो छ । हामी टिमको रूपमा एकजुट छौं । एकजुट भएकै कारण सफल भयौँ । यो नै हाम्रो बलियो पक्ष हो । यात्रा संघर्षपूर्ण र अविस्मरणीय रह्यो ।

उनले लगातार च्याम्पियन हुँदा धेरै खुसी भएको र त्यसका लागि खेलाडीलाई धन्यवाद दिए । ‘गत सिजन मेरो पहिलो ‘ए’ डिभिजन लिग थियो । (प्रशिक्षक रूपमा) । अहिले लगातार च्याम्पियन हुँदा योभन्दा बढी खुसी हुने ठाउँ छैन । खेलाडीलाई धन्यवाद दिन चाहन्छु । मैदानमा उनीहरूले खेलेका हुन् । उनीहरूले खेलेनन् भने प्रशिक्षक केही होइन,’ शीर्ष डिभिजन लिगको डेब्यु प्रशिक्षकका रूपमा मच्छिन्द्रलाई उपाधि जिताएका ३५ वर्षीय कटुवालले भने ।

यता, कप्तान सुजल श्रेष्ठ टिम भित्र खेलाडीको एकता र मनाङविरुद्धको जितपछि दुई खेलअघि नै लिग उपाधि जित्न सफल भएको बताउँछन् । ‘टिम राम्रो छ । हामी टिमको रूपमा एकजुट छौं । एकजुट भएकै कारण सफल भयौँ । यो नै हाम्रो बलियो पक्ष हो । यात्रा संघर्षपूर्ण र अविस्मरणीय रह्यो,’ राष्ट्रिय टोलीका सदस्यसमेत रहेका ३० वर्षीय सुजलले भने ।

यसपटक मच्छिन्द्र लिग जारी रहँदा सातौँ चरणमा शीर्ष स्थानमा रहँदै एएफसी कप(२०२२ मा छनोटसमेत भयो । नेपालको प्रतिनिधित्व गर्दै एएफसी कपको प्रारम्भिक छनोट खेल्न लागेको मच्छिन्द्रले पहिलोपटक हो । यसअघि लिग उपाधि जिते पनि मच्छिन्द्रसँगै एएफसी क्लब लाइसेन्स नहुँदा त्यसबाट चुकेको थियो ।

यसपटक भने क्लबले गत सिजनभन्दा ठूलो लगानी गर्दै त्यसको प्रतिफलस्वरूप लिग विजेता त भयो नै नेपालको प्रतिनिधित्व गर्दै एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगितासमेत खेल्नेछ । त्यो भनेको उसले आफूलाई अन्तर्राष्ट्रिय खेलकुदको अनुभव बटुल्ने, क्लब नाम चिनाउनेदेखि लिएर ठूलो लगानी भित्र्याउनुसमेत हो ।

जारी लिगमा मच्छिन्द्रको नतिजा

१–२ न्युरोड टिम एनआरटी

०–० त्रिभुवन आर्मी फुटबल क्लब

०–२ जावलाखेल युथ क्लब

०–३ हिमालयन शेर्पा क्लब

०–० संकटा क्लब

०–१ मनाङ मस्र्याङ्दी क्लब

०–१ नेपाल पुलिस क्लब

०–१ फ्रेन्ड्स क्लब

०–४ ब्रिगेड ब्वाइज क्लब

०–२ च्यासल युथ क्लब

०–१ सातदोबाटो युथ क्लब

बाँकी खेल

थ्री स्टार क्लब

एपीएफ फुटबल क्लब

यो पनि
आयरल्याण्डसँग नेपाल पराजित
भारतीय क्रिकेटर : जो बने रोडदेखि करोडपतिसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र