English

दुई खेलअगावै मच्छिन्द्र च्याम्पियन



काठमाडौं । मछिन्द्र फुटबल क्लबले कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराउँदै मच्छिन्द्र दुई खेल अगावै च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मच्छिन्द्र लाई जित दिलाउन नोर्लान नोभ्रुजोभले निर्णायक गोल गरे । खेलको ५३औं मिनेटमा अजरबैजानका खेलाडी नोर्लानले निर्णायक गोल गरेका हुन् ।

सुनील बलको क्रसमा देवेन्द्र तामाङको हेडर सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाए पनि क्रसबारमा लाग्दै फर्किएको बलमा नोर्लानले गोल गरे । उक्त गोल नोर्लान र मच्छिन्द्रका खेलाडीले चोट बोकेका मिडफिल्डर मनीष डाँगीलाई समर्पण गरे । मनीषले च्यासलविरुद्धको खेलमा चोट बोकेका थिए ।

मच्छिन्द्रले लगातार दोस्रोपटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मच्छिन्द्रले पछिल्लोपटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

मच्छिन्द्रले लगातार दोस्रोपटक शीर्ष डिभिजन लिगको उपाधि जितेको हो । मच्छिन्द्रले पछिल्लोपटक २०७६ सालमा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै उपाधि जितेको थियो ।

नोर्लानको गोल बाहेक दुवै टोलीले गोलको अवसर खेर फालेका थिए । खेलको ११औं मिनेटमा सुनील बलको पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको बल पोस्ट माथिबाट गएको थियो ।

१८औं मिनेटमा सातदोबाटोका सुदीप गुरुङको फितलो प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले सहजै आफ्नो पन्जामा पारे । खेलको १९औं मिनेटमा मच्छिन्द्रका विमल घर्तिमगरले दुई डिफेन्डरलाई बिट गर्दै प्रहार गरेको बल सातदोबाटोका गोलकिपर अविशेक बरालले मुश्किलले बचाए ।

२२ औं मिनेटमा सिक्स यार्ड बक्स भित्र रहेका मछिन्द्रका देवेन्द्र तामाङको फ्लिक प्रहार सातदोबाटोका डिफेन्डरलाई लाग्दै बाहिरिएको थियो ।खेलको २४ औं मिनेटमा मछिन्द्रका नोर्लान नोब्रुजोभको क्रसमा विमलको उत्कृष्ट हेडर सातदोबाटोका गोलकिपर अविशेकले बचाए ।

२९ औं मिनेटमा सातदोबाटोले गोलको अवसर गुमायो । आकाश बुढामगरको कर्नरमा निरज चौधरीको प्रहार मछिन्द्रका गोलकिपर विशालले बचाए । खेलको ३२ औं मिनेटमा सातदोबाटोका कप्तान मान बहादुरको फ्रि-किकमा मार्टिनको हेडर मछिन्द्रका गोलकिपर विशालले मुश्किलले बचाए ।

यस्तै, ५५औं मिनेटमा अनमार्क रहेका मछिन्द्रका नोर्लानले पेनाल्टी क्षेत्र भित्रबाट बाहिर प्रहार गरे । यस जितसँगै शीर्ष स्थानको मच्छिन्द्रले ११ खेलमा २९ अंक जोडेको छ । मच्छिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा ९ अंकले अघि रहेको छ । मनाङको २० अंक रहेको छ । सातदोबाटोले ११ खेलमा १५ अंक जोडेको छ । सातदोबाटो छैटौं स्थानमा रहेको छ ।

तस्वीर : एन्फा

यो पनि
टी–ट्वान्टीमा नेपालको वरीयता खस्कियो
दोस्रो पटक विश्वकप खेल्नेमा विश्वस्त नेपाली क्रिकेट टिम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested