English

किन घट्यो घर–जग्गाको कारोबार ?



अघिल्लो वर्षका तुलनामा गत माघ मसान्तसम्म देशभर घर–जग्गाको कारोबारबाट उठ्ने राजस्व एक अर्ब २३ करोड नौ लाख ३० हजार ४४३ रुपैयाँले घटेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार २०७७ को माघमा घर जग्गाको कारोबारबाट ६ अर्ब ७३ करोड २७ लाख ८० हजार ८७७ बराबरको राजस्व संकलन भएको थियो । विभागका अनुसार गत माघ मसान्तसम्म ५ अर्ब ५० करोड १८ लाख ५० हजार ४३४ बराबर राजस्व सङ्कलन भएको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलताको अभावका कारण घर जग्गाको कारोबारमा मन्दी छाएको छ । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल सिबिफिनले पनि घर जग्गामा भएको लगानीलाई अनुत्पादक क्षेत्रको रूपमा टिप्पणी गर्न थालेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले पनि केही समय पहिले घर जग्गाको कारोबारका बारेमा छुट्टै अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो । विभागका अनुसार देशभर रहेका कुल १२६ मालपोतमध्ये काठमाडौं उपत्यकामा रहेका नौ वटा मालपोत कार्यालयमा हुने घर जग्गाको कारोबारसम्बन्धी विवरण धेरै रहेको छ ।

गत माघमा देशभर भएका घर जग्गाको कारोबारबाट मात्रै रु एक अर्ब २६ करोड ५८ लाख ४४ हजार १३४ बराबरको लाभकर उठेको छ । विभागका अनुसार २०७७ माघमा त्यस्तो कर रु एक अर्ब ७० करोड ८४ लाख ४० हजार २७४ उठेको थियो । लाभकरसमेत घटेकाले कारोबारमा कमी आएको देखिन्छ ।

यस्तै, मालपोत कार्यालयले गत माघमा २० करोड १७ लाख ६६ हजार ४८ बराबरको सेवा कर उठाएको छ । त्यस्तो कर, २०७७ माघमा ३९ करोड ४३ लाख ९२ हजार ४ सय ६ रुपैयाँ बराबर उठाएको थियो ।

भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ । यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।

रजिस्ट्रेसन दस्तुरबाट गत माघमा तीन अर्ब ३१ करोड ८९ लाख ५० हजार ८ सय १७ रुपैया बराबरको राजस्व उठाएको विभागले २०७७ माघमा रु तीन अर्ब ७६ करोड ८८ लाख ३१ हजार ९ सय ७० बराबरको रारजस्व उठाएको थियो ।

काठमाडौं उपत्यकाका नौ मालपोत कार्यालयको विवरणमा पनि डिल्लीबजार मालपोत कार्यालयको मात्रै राजस्व सङ्कलनमा वृद्धि भएको छ । डिल्लीबजार मालपोत कार्यालयले २०७७ माघमा रु ३८ करोड ८४ लाख ७७ हजार ५ सय ८७ बराबरको राजस्व सङ्कलन गरेको थियो । गत माघमा सो कार्यालयले ४३ करोड ८६ लाख ७६ हजार ५ सय ३९ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको विवरणमा उल्लेख छ ।

चावहिल मालपोत कार्यालयले २०७७ माघमा रु ३३ करोड ७९ लाख ३४ हजार ५ सय ३९ बराबरको राजस्व सङ्कलन गरेकामा २०७८ को माघमा २९ करोड १८ लाख ९ हजार ५ सय ७६ रुपैयाँ मात्रै सङ्कलन भएको छ ।

यस्तै, कलङ्की मालपोत कार्यालयले २०७७ माघमा ४३ करोड ७६ लाख ६६ हजार ४ सय ८६ रुपैयाँ राजस्व सङ्कलन गरेकामा गत माघमा ३९ करोड १३ लाख ८७ हजार ९ सय ९३ रुपैयाँसङ्कलन गरेको छ । साँखु मालपोत कार्यालयले २०७७ माघमा १३ करोड ३८ लाख ४० हजार ५ सय ८८ रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेकामा गत माघमा १४ करोड ३४ लाख ४२ हजार ४ सय ४४ रुपैयाँ सङ्कलन गरेको छ ।

मनमैजु मालपोत कार्यालयले २०७७ माघमा १४ करोड ३२ लाख सात हजार ९ सय १ बराबरको राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा रु ११ करोड ४२ लाख ८३ हजार ३ सय ४ बराबरको आम्दानी गरेको छ । टोखा मालपोत कार्यालयले २०७७ माघमा १२ करोड ३३ लाख ७३ हजार २ सय ३६ राजस्व सङ्कलन गरेकामा यस वर्षको माघमा नौ करोड ४१ लाख २४ हजार ३ सय ५९ रुपैयाँबराबर राजस्व सङ्कलन गरेको छ ।

ललितपुरमा दुई वटा मालपोत कार्यालय छन् । त्यसमा लगनखेल र गोटीखेल मालपोत कार्यालयले सङ्कलन गर्ने राजस्व समेत घटेको छ । लगनखेल मालपोत कार्यालयले २०७७ माघमा ६४ करोड ११ लाख ७५ हजार १ सय ८६ रुपैयाँ राजस्व सङ्कलन गर्दा गत माघमा घटेर ५४ करोड ३६ लाख ६० हजार ६ सय ८९ रुपैयामा सीमित भएको छ ।

गोटीखेल मालपोत कार्यालयले २०७७ माघमा १३ लाख २२ हजार ४ सय १४ बराबरको राजस्व सङ्कलन गर्दा गत माघमा घटेर १० लाख तीन हजार ५ सय ६३ रुपैयाँमा सीमित भएको छ । भक्तपुर मालपोतको पनि राजस्व सङ्कलनमा गिरावट आएको छ । यसबाट घर जग्गाको कारोबारमा कमी आएको स्पष्ट देखिएको सो कार्यालयको भनाइ छ ।

विवरणअनुसार २०७७ माघमा ४१ करोड २३ लाख ४२ हजार ९ सय ६१ रुपैयाँ राजस्व सङ्कलन गरेको भक्तपुर मालपोत कार्यालयले गत माघमा ३४ करोड ४५ लाख ४३ हजार ९ सय १२ रपैयाँ मात्रै सङ्कलन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठका अनुसार जग्गा प्रशासन सेवालाई सरल, सहज र पारदर्शी बनाउन देशभरका मालपोत कार्यालयमा आधुनिक अनलाइन पद्धतिबाट सेवा प्रदान गरिएकाले राजस्व सङ्कलन थप पारदर्शी बन्न थालेको छ ।

सेवाग्राहीले जुनसुकै स्थानबाट अनलाइन प्रविधिमार्फत जग्गा कारोबारको लिखतसम्बन्धी कार्य गर्न सक्ने गरी हाल ७४ वटा मालपोत कार्यालयमा ‘पब्लिक एक्सेस मोडल (पाम) लागू गरिएको छ । सो प्रणालीको प्रयोग गरेर बैंक, वित्तीय संस्था र कर्मचारी सञ्चय कोषले मालपोत कार्यालयमा नगइकन नै जग्गाका रोक्का, फुकुवा गर्न सक्छन् । कर्मचारी सञ्चय कोष र मालपोत कार्यालय कलङ्की र ललितपुरमा परीक्षणको रूपमा सो सेवा लागू गरिएको र अन्य कार्यालयमा समेत लागू गर्ने तयारी गरिएको जनाएको छ ।

यो पनि…

गाडी भाडा बढ्यो
नेपाल यसरी बन्न सक्छ माछामा आत्मनिर्भर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र