English

साहित्यकार तारानाथ शर्माको निधन



साहित्यकार तथा समालोचक तारानाथ शर्माको निधन भएको छ । मङ्गलबार बिहान ८ः३० बजे आफ्नै निवास सरस्वतीनगर चावहिलमा उनको निधन भएको साहित्यकार राधेश्याम लेकालीले जानकारी दिए ।

१९९१ मा इलामको बरबोटेमा जन्मिएका शर्मा लामो समयदेखि बिर्सने रोगलगायत उमेरसँगै हुने विभिन्न रोगबाट पीडित थिए । उनको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने लेकालीले बताए ।

अंग्रेजी भाषमा विद्यावारिधी गरेका शर्मा झर्रोवादी आन्दोलनका एक स्तम्भका रूपमा चर्चित छन् । उनका सम्पादन र मौलिक गरी करिब दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनको पहिलो कृति ‘घोत्ल्याइँहरु’ २०२१ सालमा प्रकाशन भएको थियो । उनले ‘बेलायततिर बरालिँदा’ पुस्तकबाट २०२६ सालमा मदन पुरस्कार पाएका थिए । निबन्ध संग्रहमा मदन पुरस्कार पाउने ‘बेलाइततिर बरालिँदा’ पहिलो पुस्तक हो । 

‘संवत् २०२६ को मदन पुरस्कारबाट सम्मानित ताना शर्माप्रति हार्दिक श्रदा,’ मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीले आज ट्विटरमार्फत भनेको छ ।  

शर्माले २०२९ सालमा ‘सम र समका कृति’ लागि साझा पुरस्कार पाएका थिए । २०२३ सालमा रत्नश्री स्वर्णपदक पाएका उनी २०३९ सालमा सर्वश्रेष्ठ पाठ्यपुस्तक लेखन पुस्करबाट पनि सम्मानित भएका थिए । 

मंगलबार अपरान्ह्र पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवार निकट स्रोतले बताएको छ । उनका श्रीमती र दुई छोरा छन् ।

यो पनि
को बन्छन् लता मंगेशकरको सम्पत्तिको हकवाला ?
चर्चित भारतीय गायिका लता मंगेशकरको निधन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested