English

नाट्य क्षेत्र फस्टाउँदै



पछिल्लो समय लमजुङमा नाट्य क्षेत्रमा आकर्षण बढ्दै गएको छ । जिल्लामा नाट्य क्षेत्रमा क्रियाशील मञ्जरी नाट्य समूहले विभिन्न मेला, पर्व, उत्सवमा नाटक प्रदर्शन गर्दै आएको छ ।

बिस्तारै नाट्य क्षेत्रको महत्त्व बुझ्नुका साथै मेहनत गरी नाट्य क्षेत्रमा रम्न, जम्न सके यसैबाट पहिचान बनाउनुका साथै यसैमा भविष्यको सम्भावना देखेर पनि जिल्लामा यस क्षेत्रमा लाग्न चाहनेको जमात बिस्तारै बढ्दै गएको मञ्जरी नाट्य समूह लमजुङका अध्यक्ष केदार बोहराले बताए ।

यसअघि मञ्जरी नाट्य समूहको सक्रियतामा प्रदर्शन गरिएको नाटक ‘पानीघट्ट’ र ‘फड्के’ले धेरैको मन जितेको थियो । संस्थाले जिल्लाका विभिन्न विद्यालयसम्म पुगी नाटकको महत्त्व बुझाउनुका साथै विभिन्न समयमा प्रदर्शन हुने नाटकमा नवप्रतिभालाई स्थान दिएसँगै यसप्रति आकर्षण बढ्दै गएको हो ।

जिल्लामा रहेका नाट्यकर्मीका साथै नवप्रतिभाहरूको क्षमता विकासका लागि विभिन्न समयमा केन्द्र, प्रदेशबाट रंगकर्मी ल्याएर तालिम, प्रशिक्षण समेत दिने गरिएको छ । लमजुङमा भने नाट्य क्षेत्रमा महिलाको संख्या र आकर्षण निकै राम्रो छ । नाट्य गतिविधिमा महिलाको संख्या बढ्नु सकारात्मक पक्ष रहेको बोहरा बताउँछन् । लमजुङमा मात्र नभई पछिल्लो समय गण्डकी प्रदेशमै नाट्य क्षेत्र सुनौलो भएर अघि बढेको छ ।

यो पनि
अभिनेत्री रेखाले गरिन् बलरामसँग अदालती विवाह



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested