English

फ्युज गएको बल्बले घर सजाउने तरिका



विद्युतीय बल्ब प्रायः सबैको घरमा हुन्छ । केही समयको प्रयोगपछि बल्बमा फ्युज गएमा हामी त्यसलाई फालिदिन्छौँ । तर, खेर जाने यी बल्बले घर सजाउनमा लागि रोचक क्राफ्ट बनाउन सकिन्छ । यसको प्रयोगबारे जान्नुहोस् ।

झुन्डिएको फूलको भाँडो

झुन्डिएको फुलको भाडोले घर सजाउनका लागि यी फ्युज गएका बल्बहरू धेरै उपयोगी हुनसक्छ । त्यसका लागि सबैभन्दा पहिले बल्बलाई कटरको मद्दतले माथिल्लो धातुको भाग बिस्तारै काट्नुहोस् । त्यसपछि बल्बभित्रका सबै भागहरू निकालेर त्यसमा तातो ग्लुको मद्दतले डोरीलाई बल्बको छेउमा जोड्नुहोस् । जुन झुड्याउन काम आउनेछ ।

जब ग्लु सुक्खा हुन्छ तब यो डोरी बलियो हुन्छ । अब बल्बभित्र पानी हाली आफूलाई मनपर्ने फूल राखेर सजाउन सक्नुहुन्छ ।

गिफ्ट जार

यदि, ततपाईंले गिफ्टका लागि बनाउन चाहनुहुन्छ भने बल्बलाई जारको रूपमा प्रयोग गर्न सक्नुहुन्छ । यो बल्ब जारभित्र, टफी, सन्देश नोट, झुम्की, औँठी, फूल जस्ता उपहारहरू राखेर गिफ्टहरू दिन सक्नुहुन्छ ।

चित्रकला

चित्र बनाउन मन पराउने व्यक्तिहरूले बल्बमा पनि आफ्नो रचनात्मक देखाउन सक्नुहुनेछ । बल्बमा बनाइएका चित्रहरू शो–पिसको रूपमा सजाउन सक्नुहुन्छ । यस प्रकारको चित्रकलाको लागि एंकिलिक रंगहरू आवश्यक पर्दछ ।

बल्बमा दियो

फ्युज गएको बल्बको प्रयोग गरी दियो बत्ती बनाउन सकिन्छ । यो अन्यभन्दा धेरै फरक देखिन्छन् र तयार गर्न पनि सजिलो हुन्छ ।

यसका लागि पहिला बल्बलाई खालि गरी बल्बमुनि काठको टुक्रा टाँस्नुहोस् । यस बल्बलाई राम्रो देखाउनको लागि पेन्ट पनि गर्न सक्नुहुन्छ । बल्बमा कपासको बत्ती राख्नुहोस् । तर, कपासको बत्ती अलि लामो हुनुपर्दछ ताकि, समय–समयमा परिवर्तन गर्न नपरोस् ।

यो पनि…
घर बनाउने सपना, ‘गुरु’ ले पार्छ साकार

इन्टेरियर डेकोरेसनले घरलाई सुन्दर बनाउनुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । नेपालमा बहुप्रतिक्षित टाटाको पन्च इभी एकैपटक चार शहरमा चितवन, पोखरा, बुटवल र भैरहवामा लन्च भएको छ । धेरैको

नेवार समुदायले मनाउने यःमरि पुन्हि अर्थात योमरी पूर्णिमा र ज्यापु दिवस आज मुलुकभर उल्लासका साथ मनाईदैछ । हरेक वर्ष धान्य

Latest










Popular
Suggested