English

छेउमै आकाशेपुल छ, तर पैदलयात्रु सडकबाट नै क्रस गर्छन्



पैदल यात्रुको सहजताका लागि रुपन्देहीका थुप्रै ठाउँमा आकाशेपुल बनाइएको छ । तर, ती सबै पुल प्रयोग हुँदैनन् । भैरहवा, बुटवलका मुख्य चोकमा आकाशेपुल निर्माण गरिए पनि यसको प्रयोग गर्नेको संख्या भने न्यून छ । अधिकांश पैदलयात्रु सडकबाटै हिँडिरहेका हुन्छन् । जसले गर्दा सडकमा सवारीको जाम हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ ।

व्यस्त सडकमा समेत पैदलयात्रु पुल छाडेर बीच सडकबाटै हिँडिरहेका भेटिन्छन् । पैदलयात्रुका कारण पनि ट्राफिक जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पैदल यात्रुले आकाशेपुलबाट बाटो नकाट्दा दुर्घटनाको जोखिम बढ्ने गरेको प्रहरीको भनाइ छ ।

‘हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशेपुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।’

पैदलयात्रुलाई ट्राफिक नियम पालन गर्न लगाउने काम पनि ट्राफिक प्रहरीकै हो । तर, उनीहरूलाई पुलको प्रयोग गर्न बाध्यकारी बनाएको देखिँदैन । भैरहवामा आँखा अस्पताल, बसपार्क र बर्मेलीचोकमा आकाशे पुल निर्माण गरिएका छन् । बुटवलमा डाईभरटोल, योगीकुटी, कालिकास्कुल, राजमार्ग चौराह, मिलनचोक, ट्राफिकचोक र अञ्चल अस्पताल अगाडि आकाशेपुल निर्माण भएका छन् । आकाशेपुल अपांगमैत्रीसमेत छन् ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक दिवस जिसीले आकाशेपुलको प्रयोग गराउन योजना बनाएर काम गरिरहेको जानकारी दिए । ‘पहिलो कुरा त यात्रु स्वयं सचेत हुने कुरा हो,’ उनले भने, ‘हामीले सुरुमा जनचेतना फैलाउने काम गरेका छौँ । त्यसपछि जनशक्ति पुगेसम्म आकाशेपुलमा ट्राफिक प्रहरी राखेर पनि प्रयोग गर्न लगाउने योजनामा छौँ ।’

पैदलयात्रुले आकाशे पुल र जेब्रा क्रसिङ प्रयोग गरे दुर्घटना घट्ने र यात्रा सफल हुने उनले बताए । आकाशेपुल तथा जेब्रा क्रसिङको दूरी टाढा भए पनि सुरक्षका लागि ५–१० मिनेट हिँड्न ग्राह्रो मान्न नहुने उनले बताए । पैदलयात्रुलाई सुरक्षित यात्रा गराउन बाटो काट्दा होसियारी अपनाउनुपर्ने ट्राफिक प्रहरीको भनाइ छ ।

प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो ।

‘दुर्घटनामा मृत्यु हुने धेरैजसो घटनामा पैदलयात्रुको पनि गल्ती हुन्छ । जहाँतहाँबाट हात देखाएर गाडी रोक्दै सडक पार गर्छन् । आफूले सुरक्षित भएर हिँड्नुपर्छ भन्ने मनमा नराखेर हिँड्दा कैयौंको मृत्यु भएको छ,’ जिसीले भने । प्रहरीले विभिन्न स्थानमा ट्राफिक नियम पालना नगरी हिँडिरहेकालाई सोही स्थानमा भेला गरी कक्षा दिने कार्यक्रम पनि ल्याएको थियो । यसरी नियम मिच्ने पैदलयात्रीले समेत आधादेखि दुई घण्टासम्म सचेतना कक्षा लिनुपथ्र्यो । त्यो पनि प्रभावकारी हुन सकेन । अहिले पनि अधिकांश पैदलयात्रु ट्राफिक नियम पालना गर्दैनन् ।

यात्रुको चाप र दुर्घटना सम्भावित क्षेत्रलाई मध्येनजर गर्दै आकाशेपुल निर्माण गरिएको र यसको प्रयोगका लागि यात्रुमा बानीको विकास गर्नु जरुरी रहेको बेलहिया–बुटवल व्यापारिक मार्ग बिस्तार आयोजनाका प्रमुख जयलाल मरासिनीले बताए ।

यो पनि…
सामुदायिक वनमा भएको कर वृद्धिले उपभोक्ता मारमा
मैयादेवी कन्या क्याम्पस : आर्थिक अभावदेखि देशकै उत्कृष्टसम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

१७ असार, काठमाडौं । काठमाडौंको शहरी जल सुरक्षा सुदृढ बनाउने उद्देश्यका साथ सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण (Artificial Groundwater

Latest










Popular
Suggested