English

सवारी साधनको निशानामा पैदल यात्रु, तीन वर्षमा १८४ जनाको मृत्यु



काठमाडौं उपत्यकाका मुल तथा सहायक सडकमा पैदल यात्रुको असुरक्षा झनै बढ्दै गएको छ । महानगरीय ट्राफिक महाशाखाको तथ्यांकले तीन वर्षयता सवारी साधनको ठक्करबाट १ सय ८४ जना पैदल यात्रुको मृत्यु भएको देखाउँछ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा सडक बिस्तारले फड्को मारेको छ । सरकारले पनि सडक निर्माण तथा स्तरोन्नतीलाई प्रमुख प्राथमिकतामा राखेको छ । तर, काठमाडौं उपत्यकाका सडक भने अझै पनि पैदल यात्रुमैत्री नभएको सरोकारवालाहरु बताउँछन् ।

महाशाखाको तथ्यांकलाई हेर्ने हो भने आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनाबाट २ सय ५४ जनाको मृत्यु भएको छ । जसमध्ये ९३ जना पैदल यात्रु छन् । यस्तै, २०७६/०७७ मा १ सय ५३ जनाको मृत्यु भएको मध्ये ५० जना पैदल यात्रु छन् । २०७७ साउनदेखि हालसम्म सवारी दुर्घटनाबाट १ सय २७ जनाले ज्यान गुमाइसकेका छन् । जसमध्ये ४१ जना पैदल यात्रुको मृत्यु भएको छ । आखिर किन कारण उपत्यकाका सडकमा पैदलयात्रु असुरक्षित बन्दै गएका छन् । सडक तथा यातायात विज्ञ आशिष गजुरेल सडकको डिजाइन गर्दा पैदल यात्रुलाई प्राथमिकतामा नराखेकाले पैदल यात्रुले दिनहुँ ज्यान गुमाउनुपरेको बताउँछन् ।

‘हामीले पहिलादेखि सडक निर्माण गर्दा फुटपाथलाई ध्यान दिएनौं चिल्ला सडक बनाउने र गाडी कुद्न सजिलो बनाउने तर्फ ध्यान दियौं,’ उनी भन्छन्, ‘त्यसैले सडकको डिजाइन गर्दा पहिलो प्राथमिकता फुटपाथ र जेब्रा क्रसिङमा पनि ध्यान दिनुपर्छ । यसको अलावा पैदल यात्रुले पनि सडक नियमहरुलाई पालना गर्नुपर्छ ।’

महाशाखाका अनुसार दिनमा भन्दा राती कमै दुर्घटना भएता पनि राती हुने दुर्घटना बढी जोखिम हुन्छ । दिनमा सवारी चाप र प्रहरी चोक पिच्छे सक्रिय अवस्थामा रहने हुनाले त्यसको जोखिम कम गर्न केही हदसम्म सजिलो हुन्छ ।

फराकिला सडक नै सवारी दुर्घटनाको केन्द्रबिन्दु

यतिबेला काठमाडौं उपत्यकाका अधिकांश सडक फराकिला भइसकेका छन् । साथै, यिनै सडकमा दुर्घटनाको संख्या बढ्दो छ । अरनिको राजमार्ग, कोटेश्वर–कलंकी सडकखण्ड, कलंकी–थानकोट सडकखण्ड, चक्रपथ, बुढानिलकण्ठ सडक, चाबहिल–साँखु लगायत थुप्रै सडकखण्डहरूमा दुर्घटनाको जोखिम बढिरहेको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि ०७७/०७८ सम्मको अवधिमा हेर्दा २०७६/०७७ मा सबैभन्दा धेरै दुर्घटना भएको देखिन्छ । यो वर्ष काठमाडौं उपत्यकामा १० हजार ३८ सवारी दुर्घटना भएका थिए । यस्तै, ०७५/०७६ मा ८ हजार ५ सय र २०७७/७८ मा ८ हजार ३३ सवारी दुर्घटना भएका छन् ।

सडक तथा यातायात विज्ञ आशिष गजुरेल सडकको डिजाइन गर्दा पैदल यात्रुलाई प्राथमिकतामा नराखेकाले पैदलयात्रुले दिनहुँ ज्यान गुमाउनुपरेको बताउँछन् ।

दुर्घटनामा परी २०७५/७६ मा ५ हजार ८ सय ९० जना साधारण घाइते भएका थिए भने ३ सय १७ जना गम्भीर घाइते र २ सय ५४ जनाको मृत्यु भएको थियो । यसैगरी, २०७६/७७ मा भने ६ हजार ६ सय ८० जना साधारण घाइते भएका थिए भने २ सय ४० जना गम्भीर घाइते र १ सय ५३ जनाले ज्यान गुमाएका थिए ।

त्यस्तै २०७७/७८ मा ५ हजार ८ सय ८८ जना साधारण घाइते भएका छन् भने १ सय ८१ जना गम्भिर घाइते र १ सय २७ जनाले ज्यान गुमाइसकेका छन् । तीन वर्षको तथ्यांकले वार्षिक औषत १ सय ७० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको पाइन्छ । चालक र पैदल यात्रुको चेतनामा अभाव, लापरवाही र सवारी साधनको तीव्र गति उपत्यकामा सवारी दुर्घटनाको मुख्य कारण बनिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई बताउँछन् ।

२०७७ साउनदेखि हालसम्म बिहान ६ बजे देखि दिउँसो १२ बजेसम्म २ हजार २ सय ८८, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ३ हजार २ सय ४०, साँझ ६ बजेदेखि रातको १२ बजेसम्म २ हजार १ सय ७९ र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म ३ सय २६ गरि ८ हजार ३३ सवारी दुर्घटना भएका छन् ।

बेलुकाको दुर्घटना झनै खतरा

महाशाखाका अनुसार दिनमा भन्दा राती कमै दुर्घटना भएता पनि राती हुने दुर्घटना बढी जोखिम हुन्छ । दिनमा सवारी चाप र प्रहरी चोक पिच्छे सक्रिय अवस्थामा रहने हुनाले त्यसको जोखिम कम गर्न केही हदसम्म सजिलो हुन्छ । तर, बेलुका प्रहरीहरु पनि सडकमा कमै हुने र यही बेला मापसे गरी तीव्र गतिमा सवारी चलाउँदा भएका दुर्घटना गम्भीर प्रकृतिको हुने महाशाखा प्रमुख भट्टराई बताउँछन् ।

२०७५/७६ को तथ्याङ्क अनुसार बिहान ६ बजे देखि दिउँसो १२ बजे सम्म २ हजार ५ सय ६६, दिउसो १२ बजे देखि साँझ ६ बजे सम्म ३ हजार ४ सय ७८, साँझ ६ बजेदेखि रातको १२ बजेसम्म २ हजार ७८ र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म ३ सय ८० गरी जम्मा ८ हजार ५ सय ११ सवारी दुर्घटना भएका छन् । यस्तै, २०७५/७६ मा बिहान ६ बजे देखि दिउँसो १२ बजेसम्म ३ हजार ४५, दिउँसो १२ बजे देखि साँझ ६ बजेसम्म ४ हजार ९, साँझ ६ बजेदेखि रातको १२ बजेसम्म २ हजार ४ सय ६४ र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म ५ सय २० गरी १० हजार ३८ सवारी दुर्घटना भएका छन् । त्यसैगरी, २०७७ साउनदेखि हालसम्म बिहान ६ बजे देखि दिउँसो १२ बजेसम्म २ हजार २ सय ८८, दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म ३ हजार २ सय ४०, साँझ ६ बजेदेखि रातको १२ बजेसम्म २ हजार १ सय ७९ र रातको १२ बजेदेखि बिहान ६ बजेसम्म ३ सय २६ गरि ८ हजार ३३ सवारी दुर्घटना भएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती