English

रुपन्देही क्रिकेटले दिएको सन्देश



हरि थापा कुनै बेला क्रिकेट खेलाडी थिए । रुपन्देहीको दयानगर, छपियामा उम्दा क्रिकेटरको रूपमा उनले आफूलाई प्रमाणित पनि गरे । राष्ट्रिय खेलाडी बने । उनै फास्ट बलर थापाले स्पिनर शक्ति गौचनलाई माघ ५ मा रुपन्देही जिल्ला क्रिकेट संघको साधारणसभामा ‘बोल्ड’ गरे । र त, थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष निर्वाचित भए ।

अटो, होटल तथा शिक्षा क्षेत्रमा समेत लगानी गरेका थापाको परिचय क्रिकेट खेलाडीभन्दा पनि व्यवसायीमा बढी छ । सम्भवतः यही कारण हुन सक्छ, नेपाली राष्ट्रिय टोलीका पूर्वसदस्य तथा नेपाली क्रिकेट जगतमा ख्याति कमाएका गौचनलाई थापाले २४ मतले पराजित गर्दा जिब्रो टोक्ने धेरै थिए ।

थापा आफैँमा उम्दा व्यवस्थापक मानिन्छन् । त्यसमाथि क्रिकेटलाई उनले नजिकबाट बुझेकै छन् । ‘पेश बलर’ का रुपमा ०५५ देखि ०६२ सालसम्म नेपालको क्रिकेट क्षेत्रमा सक्रिय रहेका थापा रुपन्देहीको क्रिकेट क्षेत्रसँग परिचित छन् ।

भैरहवामा सम्पन्न संघको चौथो अधिवेशनमा थापाले ६४ मत पाए भने गौचनले ४० मत मात्रै पाएका थिए । रुपन्देही क्रिकेट संघमा कुल १ सय १० जना सदस्य थिए । जसमा १ सय ५ जना निर्वाचनमा सहभागी थिए ।

अहिले थापाको विजयभन्दा पनि स्पिनर तथा अलराउन्डर नेपाली क्रिकेट टोलीका पूर्वस्टार खेलाडी गौचनको पराजयलाई अस्वाभाविकरूपमा हेरिए पनि रुपन्देहीका विभिन्न क्रिकेट क्लबहरूमा थापाको आबद्धतादेखि क्रिकेटसँग जोडिएको उनको पृष्ठभूमिको चर्चा भने हुन सकेको छैन । थापा आफैँमा उम्दा व्यवस्थापक मानिन्छन् । त्यसमाथि क्रिकेटलाई उनले नजिकबाट बुझेकै छन् । ‘पेश बलर’ को रुपमा ०५५ देखि ०६२ सालसम्म नेपालको क्रिकेट क्षेत्रमा सक्रिय रहेका थापा रुपन्देहीको क्रिकेट क्षेत्रसँग परिचित छन् ।

क्रिकेटसँग लामो समयदेखि जोडिएको आफ्नो पृष्ठभूमि बिर्सिएर आफूलाई एकोहोरो रूपमा व्यवसायी मात्र भनिएको चित्तदुखाइ रहेको थापा शक्ति गौचनले हार पचाउन नसकेको देख्दा छक्क परेका छन् । ‘शक्ति गौचनले भन्दा मैले क्रिकेट कम खेलेको छैन, उनले जत्तिको क्रिकेट मैले पनि बुझेको छु,’ थापाको भनाइ थियो । ‘शक्ति मभन्दा जुनिएर भए पनि आगामी दिनमा रुपन्देहीको क्रिकेटको विकासका लागि उनको अनुभवलाई पनि साथमा लिएर हिँडने छु,’ थापा मेरोलाइफस्टाइलसँग भन्दै थिए ।‘

पालको क्रिकेट संघमा क्रिकेट गतिविधि बढाउन र व्यावसायिक शिल्प देखाउन सक्ने क्षमता भएका व्यक्ति विरलै नेतृत्वमा आउँछन् । तर, रुपन्देही क्रिकेट संघले यी दुवै गुण भएका थापालाई नेतृत्वमा पाएको छ ।’

शक्ति मात्र होइन, यसपटक पराजित भएका सबैलाई साथमा लिएर रुपन्देही क्रिकेट संघ हामी सबैको हो भन्ने भावना स्थापित गर्छु ।’

नवनिर्वाचित अध्यक्ष थापाले विगतमा रुपन्देही क्रिकेट संघको नेतृत्व गरेका प्रेमकुमार सेन्चुरी, गिरी क्षेत्री, रमेश थापा, प्रशान्त विक्रम मल्लदेखि पूर्वखेलाडीहरू ऋषिकेश अग्रवाल, अनुप थापा, वसन्त शाही ठकुरी, जंगबहादुर थापा आदिलाई स्मरण गर्दै उनीहरूको मार्गनिर्देशनलाई आफूले पछ्याउने थापाले बताए ।

नेपालको क्रिकेट संघमा क्रिकेट गतिविधि बढाउन र व्यावसायिक सीप देखाउन सक्ने क्षमता भएका व्यक्ति विरलै नेतृत्वमा आउँछन् । तर, रुपन्देही क्रिकेट संघले यी दुवै गुण भएका थापालाई नेतृत्वमा पाएको छ ।’

यो पनि
फुटबल : यी चार खेल, जित कसको ?
पीएम कपमा एपीएफलाई उपाधि, पुलिसलाई तीन लाख



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाल क्रिकेट संघले युएईमा हुने यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ गरेको छ । नेपालले पहिलो खेल पाकिस्तानसँग मंसिर

एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध २७४ रनको फराकिलो जित निकालेको छ । बिहीबार मलेसियामा भएको खेलमा नेपालले

नेपाली राष्ट्रिय क्रिकेट टिम यतिबेला भारतको नागपुरस्थित राजस्थान रोयल्सको एकेडेमीमा हाई परफरमेन्स प्रशिक्षण गरिरहेको छ । टी२० विश्वकपको एशिया क्षेत्र

नेपाल क्रिकेट संघ (क्यान) ले दुई वर्षका लागि आईएमई पेसँग टिकटिङ पार्टनरको सम्झौता गरेको छ । क्यानका सचिव पारस खड्का