English

स्वास्थ्यमन्त्री खतिवडाको सयदिने प्रगति सार्वजनिक



स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको एक सय दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मूर्त रूप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड–१९ विरुद्धको खोप अभियान राष्ट्रव्यापीरूपमा सञ्चालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन् । आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरूप पर्याप्त मात्रामा खोप अनुदान एवं खरिदमार्फत निरन्तर आपूर्ति भइरहेको छ ।’

२०७७ माघ महिनादेखि सञ्चालित कोभिड–१९ विरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड–१९ विरुद्धको खोप अभियान देशव्यापीरूपमा निरन्तर र नियमित सञ्चालन भइरहेको उनले जनाए ।

‘६५ वर्षभन्दा माथिको उमेर समूह, दीर्घ रोगी एवं फ्रन्टलाइनर्सलाई लक्षित गरी बुस्टर डोज भ्याक्सिन प्रदान गरिँदै आएकोमा २०७८ माघ २७ गते देखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भइसकेको छ,’ मन्त्री खतिवडाले बताए ।

यो पनि…
कत्तिको खतरनाक छ ओमिक्रोन ? यस्ता हुन्छन् लक्षण
काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?
के सभामुखविरुद्ध महाअभियोग लगाउन मिल्छ ?



सम्बन्धित खबरहरु

ओम आचार्यअमेरिका, गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्–अमेरिका (सतेन्द्र साह) ले नेपालमा चर्चामा रहेको मन्त्रि गुप्ताको अमेरिका भम्रण र एनआरएनएको

नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै

काठमाडौं, पुस ६ गते । विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा जेनजी आन्दोलनपछि मुलुकमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested