English

ट्रम्प र किम अझै सम्पर्कमा रहन्छन्



अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफू कोरियाली तानाशाह किम जोङ उनसँगको सम्पर्कमा रहेको आफ्ना साथीहरुलाई बताएका छन् । पूर्व राष्ट्रपतिबारे लेखिएको नयाँ पुस्तक ट्रम्प दी कन्फिडियन्स मेन मा लेखकले यस्तो खुलासा गरेकी हुन् ।

किम ट्रम्पको सम्पर्कमा रहेका एक मात्र विदेशी नेता रहेको हुन सक्ने पत्रकार तथा लेखक म्यागी ह्याबरम्यानले बताएकी छन् । तर, उनले यो भनेकी छिन कि दाबी सत्य नहुन पनि सक्छ ।

दुई जनाबीच पत्र आदान प्रदान गरेपछि आफू र किम ‘प्रेममा परेको’ ट्रम्पले सन् २०१८ मा बताएका थिए । तर, कोरियाली प्रायद्वीप निःशस्त्र पार्ने बारेमा सम्झौता गर्न उनीहरू विफल भएका थिए ।

आणविक र मिसाइल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वाभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले ब्यालेलिस्टिक मिसाइल परीक्षण गरिरहेको छ ।

आणविक र मिसाइल कार्यक्रमका कारण अन्तर्राष्ट्रिय समुदायबाट एक्लिदै गएको उत्तर कोरियालाई मनन गर्दा पूर्वराष्ट्रपति ट्रम्प र किमबीचको संवादलाई अत्यधिक अस्वाभाविक मानिनेछ । राष्ट्रसंघको संकल्प प्रस्ताव उल्लंघन गर्दै उत्तर कोरियाले ब्यालेलिस्टिक मिसाइल परीक्षण गरिरहेको छ ।

‘हामीले जानेअनुसार यो सम्बन्धमा ट्रम्पको उन्माद (लत) थियो’ न्युयोर्क टाइम्सका पत्रकारसमेत रहेकी ह्याबरम्यानले सीएनएनसँग भनिन् ।

‘ट्रम्पले के भन्छन र वास्तवमा के भइरहेको छ भन्ने कुरा हमेशा कन्सर्टमा हुन्न । तर, उनले किमसँग पत्र व्यवहार वा छलफल कायम राखेको ट्रम्पले मानिसहरूलाई बताउँदै आएका छन्,’ उनले भनेकी छिन् ।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लिएर पूर्वराष्ट्रपति ट्रम्पले किमसँग दुई पटकसम्म शिखर वार्ता गरेका थिए, यद्यपि दुवै वार्ता बिना निस्कर्ष टुंगिएका थिए ।

राष्ट्रपतिहरूको रेकर्ड अभिलेख संरक्षणको व्यवस्थान गर्ने सरकारी निकाय नेसनल अर्काइम्सले गत महिना ट्रम्पबाट पुनः प्राप्त भएका १५ बक्स पत्रमा किमबाट प्राप्त पत्राचारलगायतका कागजात छन् ।

ह्वाइटहाउस छोड्ने वित्तिकै ती कागजपत्र नेसनल अर्काइम्सलाई फर्काउनुपर्थ्यो । तर, त्यसलार्ई फ्लोरिडास्थित उनको आवासमा लगिएको थियो ।
वासिंगटन पोस्टका अनुसार ह्वाइटहाउसमा ट्रम्पको रेकर्ड ह्यान्डलिङबारे जाँच गर्न नेसनल अर्काइभ्सले कानुन मन्त्रालयलाई निर्देशन दिएको थियो । तर, यसबारे कानुन मन्त्रालयले कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

यसैबीच, तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको एउटा समितिले ट्रम्पका कागजातमाथि छानविन सुरु गरेको जनाइएको छ ।

यो पनि
भारत–चीन विवादबारे संसदमा आलोचना
युक्रेन मामिला : अमेरिका र रसियाबीच आरोप-प्रत्यारोप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested