English

यस्तो छ आजको राशिफल



२६, माघ २०७८ बुधबार, तदनुसार फेब्रुवरी ९ तारिक २०२२ । माघशुक्लपक्ष अष्टमी, बब करण, कृतिका नक्षत्र, ब्रह्मा योग चन्द्रमा वृष राशिमा रहेको छ । आज बुधाष्टमी व्रत र गोरखकाली पूजा भीष्माअष्टमी पनि भनिन्छ ।

आज बिहान सूर्योदय ६:४८ भएको छ भने सूर्यास्त १७:४९ मा हुनेछ । आज मध्यान्ह समय १२:१९ देखि १:४२ सम्म राहुकाल छ । राहुकाल भएको शुभ कार्य गर्नु हुँदैन ।

बुधबारको दिन घर गृहस्थसम्बन्धी कार्य गर्दा शुभ मानिन्छ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल रहेको छ । आर्थिक कारोबारका लागि बुधबारका दिन सामान्य तबरले शुभ मानिन्छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ । मेष राशिका जातकले आजको दिन गरेका काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंको लागि आजको दिन अनुकुल छ । यात्राको लागि अवसर आउनसक्छ । यात्रामा निस्कनुभन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन पूकारा गरेर यात्रा गर्नुभयो आजको दिन अनुकूल हुनसक्छ । बिहान सूर्योदयको दर्शन गरेर दिनको शुभारम्भ गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण सोचअनुसार काम नहुँदा हुने चिन्ताले एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आज तपाईंका लागि अर्थ प्राप्ति हुनेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरण फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ । स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईंको काममा सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । केही घमण्डका कारण आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् पुर्‍याउनु  होला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईंमाथि अनेक आरोप लगाउन सक्छन भने हानी हुनसक्ने सम्भावना पनि रहन्छ । मनमा निराशा छाउनसक्छ । आजको दिन नियमित काम बाहेन नयाँ कार्य नगर्नुहोला ।

 (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । तपाईंको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईंलाई साथ सहयोग दिने कुनै एक जना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईंका लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन र तपाईंले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एक कदम अगाडि बढ्दा लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।   

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  व्यापारमा काम गर्नुहुने मीन राशिका जातका लागि दिन उत्तम छ । धनलाभ प्राप्त हुने योग छ । सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र सहकर्मीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उत्साह थपिने छ ।

यो पनि

कसरी सम्भव हुन्छ महासमाधि ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । सर्जक मनिष गहतराज र संगीत संयोजक निरज रास्कोटीको संयुक्त प्रयासमा तयार भएको भजन गीत ‘गोविन्द गोपाल श्याम’ सार्वजनिक

वैशाख १२ गते । केके मानन्धर ।न्हापांगु पलाः नेवाः मिसा पुचःको आयोजनामा काठमाडौंको हनुमानढोकामा भजन, सांस्कृतिक तथा सम्मान कार्यक्रम भव्य

सारांश:आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested