English

अनौठो होली : जहाँ अबीर दलेर छानिन्छ दुलही !



रङ्गको पर्व होलीलाई विश्वका विभिन्न मुलुकमा विभिन्न तरिकाले मनाइने प्रचलन छ । होली पर्वमा सामान्यतया एक आपसमा रङ लगाएर उमंगकासाथ मनाइन्छ । संसारमा यस्ता कति स्थानहरू पनि छन् जहाँ अनौठो तरिकाले होली मनाइन्छ ।

राजस्थानको पुष्करण ब्राह्मण समाजका मान्छेले होलीको दिन रङ नखेली शोक मनाउँछन् । यस दिन कसैले घरको चुल्होमा आगो बाल्दैनन् । न कुनै खाने कुरा घर ल्याउँछन् । यस दिन त्यहाँका मानिसहरू यसरी शोकमा डुबेका हुन्छन् की घरकै कोही सदस्यको मृत्यु भएको छ ।

यस्तो गर्नुको पुरानो मान्यता पनि रहेको छ । होलिका दहन गर्दा एक महिला बच्चा लिएर होलिका परिक्रमा गर्दै थिइन् । सोही बेला उनले बोकेको बच्चा आगोमा खासे, बच्चालाई बचाउन ती महिला आगोमा हाम फालिन् । उनले बच्चा त बचाउन सकिनन् आफूले पनि अन्तिम श्वास लिइन् । प्राण जाने बेलामा ती महिलाले अब देखि होलीमा कसैले खुसीयाली नमनाउनु भन्दै देह त्याग गरिन् । यस कारणले उक्त समुदायमा होलीको दिन शोक मनाउने चलन रहेको छ ।

राजस्थानकै बांसवाडमा बस्ने जनजातिले अबिरमा होलिका जलाएको खरानी मिसाएर होली खेल्ने चलन छ । यति मात्र नभई उनीहरू अगुल्टोमा हिँड्ने समेत गर्छन् भने एक अर्कालाई ढुङ्गाले समेत हान्छन् । यसरी होली मनाउँदा मानिसको शरीरबाट निस्किने रगतले अबको आउने समय राम्रो हुन्छ भन्ने मान्यता उनीहरूमा रहेको छ ।

यसै गरी भारतको मध्य प्रदेशको मालवामा बसोबास गर्ने आदिवासीले जीवनसाथी चुन्ने दिनको रूपमा होली मनाउँछन् । यस दिन पुरुषले आफूलाई मन परेको महिलालाई अबिर लगाइदिन्छन् र महिलाको तर्फबाट प्रस्ताव स्वीकार भएमा महिलाले पनि अबिर लगाइदिन्छन् ।

यसै गरी कनार्टकमा होलीको दिन एक ठाउँमा भेला भएर आगो बालिन्छ । आगो बाल्न प्रयोग भएको अगुल्टो एक अर्कामा फ्याँकेर होली मनाइन्छ । यस मान्यता अनुसार यस्तो गरेमा होलिकाको अन्त्य हुन्छ भन्ने मान्यता रहेको छ ।

यसै गरी हरियाणाको एक गाउँमा होली पर्व मनाइँदैन । भनिन्छ, यस गाउँलाई एक बाबाले श्राप दिएका छन् । ती बाबा रिसाएर होलिका दहनको आगोमा हाम फालेर प्राण त्यागे । आगोमा जल्दै गरेका बाबाले यस गाउँमा अब होली मनाएमा अपसगुन हुने भनी श्राप दिएका थिए जसका कारणले होली पर्व अहिलेसम्म मनाइँदैन ।



सम्बन्धित खबरहरु

नेपालमा दुर्लभ मानिने पुतली सिल्वर स्ट्रिकेड एकासिया ब्लु (Silver-streaked Acacia Blue), वैज्ञानिक नाम Zinaspa todara, करिब ५१ वर्षपछि पुनः अभिलेख

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

Latest










Popular
Suggested