English

आठ लाख डोज एस्ट्राजेनेका खोप ल्याइयो



बेलायतबाट आठ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । बेलायतले नेपाल पठाउन लागेको २१ लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौं आइपुगेको हो ।

नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले सामाजिक सञ्जाल ट्वीटरमार्फत आठ लाख डोज खोप नेपाल पुगेको जानकारी दिएकी छन् ।

‘बेलायतले नेपाललाई २१ लाखभन्दा बढी एस्ट्राजेनेका कोभिड-१९ खोप पठाउँदै छ । यीमध्ये आज ८ लाख डोज प्राप्त गर्न पाउदा खुसी लागेको छ,’ राजदूत पोलिटले ट्वीटरमा लेखेकी छन् ।

उनले बाँकी खोप केही दिनभित्रै काठमाडौं आइपुग्नेसमेत जनाएकी छन् । उनले नेपाली जनताको सुरक्षाका लागि खोप सहयोग गर्न पाउदा खुसी लागेको बताएकी छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चैत १८, काठमाडौं। नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ(किओच) लाई पाँच करोड आर्थिक

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

Latest










Popular
Suggested