English

१५ अंकले बढ्यो सेयर बजार



साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार ४०.५७ अंकले घटेर बन्द भएको नेप्से आज १५.६९ अंक बढेर २८५१.८६ विन्दुमा पुगेको हो ।

नेप्से सूचक बढे पनि कारोबार रकम भने निरन्तर जसो घट्न थालेको छ । गत सातासम्म ८ अर्ब बढीको शेयर कारोबार भैरहेको थियो । तर सोमबार भने २२४ कम्पनीका ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएर ५ अर्ब २ करोड २० लाख रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ५ अर्ब ८३ करोड ६४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज नेपाल इन्फास्टक्चर बैंकको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशतले बढेको छ । यस्तै छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयरमूल्य ५.०४ प्रतिशतले बढेको छ । नेशनल हाइड्रोपावर, बोट्लर्स नेपाल तराई, र नेपाल हाइड्रो डेभलपर्स पनि शेयरमूल्य ४ प्रतिशत भन्दा धेरैले उकालो लागेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४९ करोड ३४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ ।

यता सबैभन्दा धेरै शेयरमूल्य घट्नेमा भने बुद्धभुमी नेपाल हाइड्रोपावर रहेको छ । बुद्धभुमीको शेयरमूल्य ४.५७ प्रतिशतले घटेको छ । यस्तै सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्स लगायतको शेयरमूल्य पनि २ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फास्टक्चर बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४९ करोड ३४ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपियाँ र अरुण भ्याली हाइड्रोपावरको २५ करोड १६ लाख रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ९ उपसमूहको परिसूचक बढेको छ । यस दिन लगानी उपसमूहको परिसूचक ३.०६ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक पनि २.२९ प्रतिशत बढेको छ ।

बैंकिङ्ग उपसमुहको परिसूचक सर्वाधिक ०.२१ प्रतिशतले घटेको छ । यस्तै होटल तथा पर्यटन उपसमुहको परिसूचक ०.१४ प्रतिशत र माइक्रोफाइनान्स उपसमुहको परिसूचक . प्रतिशतले घटेको छ ।

यो पनि
१०० अंकले नेप्से घट्दा बजार राताम्मे
सेयर बजारमा दोहोरो अंकको गिरावट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested