English

१०० अंकले नेप्से घट्दा बजार राताम्मे



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १०० अंक घटेर बन्द भएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, यस दिन ३.४३ प्रतिशत घटेको हो।

बजार उच्च अंकले घट्दा पनि यस दिन दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कुल कारोबार भएका २२८ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयरमूल्य बढेको छ। जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो।

विन नेपाल लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको कम्पनी हो। यी दुई लघुवित्तले गत कात्तिक १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए। मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर गत साता मात्र फुकुवा भएको थियो। त्यसैगरी, बुद्धभुमि नेपालको शेयर पनि गत साता मात्र नेप्सेमा सूचीकृत भइ कारोबारमा आएको कम्पनी हो।

यस दिन ज्योति लाइफ, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सामान्य बढेको छ।

कारोबारमा आएको कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन नेप्से परिसूचक १००.१० अंक घटेर २८२०.४१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १८.२० अंक घटेको छ भने फ्लोट इण्डेक्स ७.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.१९ अंक घटेको छ। यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

यस दिन २२८ कम्पनीको १ लाख १३ हजार २०५ पटकको कारोबारमा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ७० लाख ६३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् जसमध्ये वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेका छन्।

यो पनि
सेयर बजारमा दोहोरो अंकको गिरावट
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested