सेयर बजारमा दोहोरो अंकको गिरावट
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १०.८३ अंकले घट्दै २९ सय २०.५१ विन्दुमा ओर्लिएको हो । आज यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने स्थिर जस्तै रहँदै ०.०६ प्रतिशतले मात्र वृद्धि हुँदै ५८३.८० विन्दुमा अडिएको छ ।
आज जीवन बीमा, निर्जीवन बीमा, म्युचुअल फन्ड र म्यानु एण्ड प्रो बाहेकका सबै जसो उपसूचकहरु ऋणात्मक भएका छन् । तर, १० अंक माथिले घटेको बजारमा आज ७ अर्ब माथिको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज एक करोड ४७ लाख कित्ता माथिको सेयर बजारमा ८७ हजार भन्दा बढी पटक किनबेच हुँदा ७ अर्ब तीन करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत हप्ताको बिहीबार ३२ अंक माथिले घटेको बजारमा ५ अर्ब ७७ करोड ३१ लाख रुपैयाँको कारोबार भएको थियो ।
यो पनि…
पेट्रोल, डिजेल र मट्टीतेलको बढेको मूल्य कति ?
यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर









vacatures almere vandaag
Op zoek naar werk dicht bij huis zodat je niet uren hoeft te reizen? Precies dat soort vacatures vind je bij ons. Bekijk spoed vacature nijmegen, met handige filters op woonplaats en functiegebied, en solliciteer op wat echt bij je past.