English

सेयर बजारमा फेरि पहिरो



बुधबार सेयरबजारमा फेरि पहिरो गएको छ । नेप्से सूचकसँगै सेयर काराेबार रकम पनि घटेको छ। यस दिन नेप्से सूचक १.३१ प्रतिशतले घट्दा कारोबार ६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ।

यस दिन नेप्से सूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ।

यस्तै, बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको छ। यस दिन ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिद-बिक्री भएको हो।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक उच्च दरले घटेको छ।

बुधबार बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ।

यता, घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ भने कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।

बुधबार अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोसीको १५ करोड २१ लाख र सूर्य लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यो पनि
अब घरबेटीले डेरावाललाई बत्तीमा ठग्न नसक्ने
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested