English

सेयर बजारमा फेरि पहिरो



बुधबार सेयरबजारमा फेरि पहिरो गएको छ । नेप्से सूचकसँगै सेयर काराेबार रकम पनि घटेको छ। यस दिन नेप्से सूचक १.३१ प्रतिशतले घट्दा कारोबार ६ अर्ब रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ।

यस दिन नेप्से सूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ।

यस्तै, बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको शेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएको छ। यस दिन ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिद-बिक्री भएको हो।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक उच्च दरले घटेको छ।

बुधबार बुद्धभूमि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ।

यता, घलेम्दी हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ भने कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोशी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ।

बुधबार अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोसीको १५ करोड २१ लाख र सूर्य लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यो पनि
अब घरबेटीले डेरावाललाई बत्तीमा ठग्न नसक्ने
धानमा आत्मनिर्भर हुन ६ लाख ६८ हजार मेट्रिक टनको खाँचो



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested