English

बालुवाटार बैठकमा के-के कुरा भयो ?



प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता अघि बढाउनु पर्ने धारणा राखेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रस्ताव गरेका हुन् ।

आइतबार बेलुकी बालुवाटारमा भएको छलफलमा प्रचण्डले एमसीसीलाई चुनावपछि लैजानुपर्ने धारणा राखेका थिए । तर, प्रमुख प्रतिपक्षी दलका नेता ओलीले भने एमसीसीका विषयमा पहिले सत्ता गठबन्धनको स्पष्ट धारणा आउनुपर्ने बताएका थिए ।

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले संसद् अवरोध खुलाउन सत्ता पक्षले पहल गरोस् भन्ने विषयमा पनि आफूहरूले धारणा राखेको बताएका छन् । ‘सरकारले संसद्मा प्रतिपक्षीको उपस्थिति चाहन्छ भने एमालेका मागहरू सम्बोधन गर्नुपर्छ भनेका छौं,’ उनले भने ।

सभामुखको बहिर्गमन मुख्य एजेण्डा

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनको विषयलाई तीन दलका शीर्ष नेताहरूको बैठकमा मुख्य एजेण्डाको रूपमा प्रस्तुत गरेको छ । एमालेले सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्नका लागि मार्गप्रशस्त गर्नुपर्ने सर्त अघि सारेको हो ।

एमाले महासचिव पोखरेलले प्रतिनिधिसभामा उपस्थित भएर राष्ट्रिय सरोकारको विषयमा एमालेले छलफल गर्न चाहेको भएपनि त्यसका लागि सत्तापक्षले वातावरण बनाउन नसकेको बारे बैठकमा कुरा राखेको बताए । सभामुख सापकोटाको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थित हुन गारो परेको उनले बताए ।

एमसीसीमा सहयोग गर्न ओलीलाई देउवा र प्रचण्डको आग्रह

प्रधानमन्त्री देउवाले एमसीसीलगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्न एमालेसँग आग्रह गरेका छन् । अध्यक्ष प्रचण्डले एमसीसीका सन्दर्भमा र सदन सुचारु गर्न एमालेले सहयोग गरोस् भन्ने अपेक्षा गरेको जानकारी दिए ।

प्रचण्डले चुनावसम्म सत्तापक्ष र प्रतिपक्षीसँग मिलेर राष्ट्रिय मुद्दाहरूमा मिलेर जानु पर्ने धारणा राखेका थिए । एमालेले एमसीसीमा सत्ता पक्षले दृष्टिकोण राखेपछि आफूहरूले दृष्टिकोण प्रस्तुत गर्ने धारणा राखेको उनले जानकारी दिए ।

बैठकमा प्रचण्डले भने- एमसीसीलाई पत्र लेखेको हो

प्रचण्डले एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका छन् । बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री देउवासँग मिलेर एमसीसी मुख्यालयमा पत्र पठाएको स्वीकार गरेका हुन् ।

सत्तापक्षले एमसीसी मुख्यालयमा केही समय पर्खन अनुरोध गर्दै पठाएको पत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । सत्तापक्षले पत्रबारे गुपचुप राख्न खोजे पनि पत्र बाहिरिएको थियो । गोप्यरुपमा पत्र पठाएको भन्दै पत्रबारे आलोचना भइरहँदा प्रचण्डले त्यसलाई स्वीकार गरेका हुन् ।

यो पनि

एमसीसीबारे देउवा र प्रचण्डद्वारा लिखित ६ बुँदे गोप्य पत्रकाे खुलासा, के छ पत्रमा ?

अमेरिकाले एमसीसी सम्झौतामा संशोधन नगर्ने



...
Lorrie

психиатр психолог психотерапевт w-495.ru

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका