English

निर्देशक दिवाकर भट्टराईको नजरमा पढ्नै पर्ने ३ पुस्तक



फिल्म ‘ऐश्वर्य’का निर्देशक दिवाकर भट्टराईलाई फुर्सदको समयमा पुस्तक पढ्न एकदमै मन पर्छ । उनले अहिले सम्म थुप्रै राम्रा राम्रा पुस्तकहररू पढिसकेका छन् । उनलाई आध्यात्मिक पुस्तकहरू पढ्न बढी मन पर्छ । आफुले पढेका थुप्रै पुस्तकहरूमध्ये उनलाई एकदमै मन परेको तीन पुस्तक यस प्रकार छ :

समर लभ

मैले पढेको पुस्तकहरूमध्ये समर लभ असाध्यै मन परेको पुस्तक हो । यस पुस्तका एउटा छुट्टै प्रेमकथा समेटिएको छ । सुबिन भट्टराईको यो पुस्तक युवा पुस्ताहरूले धेरै मन पराएको पुस्तक पनि हो समर लभ । साधारण प्रेम कथामा आधारित यस पुस्तकमा भाषा पनि निकै सरल प्रयोग भएको छ । यसमा भएको कथा मन नपराउने सायद कमै होलान् ।

सोच

कर्ण शाक्य द्वारा लिखित पुस्तक सोच पनि मलाई एकदमै मन परेको पुस्तक हो । यस पुस्तकमा सोचलाई कसरी बदल्नुपर्छ भन्ने कुरा समेटिएको छ । यो पुस्तक पढेर एउटा छुट्टै उर्जा प्राप्त हुन्छ । सोचलाई कस्तो बनाउनु पर्छ भन्ने कुरा पनि यस पुस्तकमा पढ्न पाइन्छ । यो पुस्तक सबैले एकपटक पढ्नै पर्छ ।

माई लाइफ विथ ओशो

म ओशोको भक्त भएकोले ओशोको प्राय सबै पुस्तकहरू मैले पढेको छु । अध्यात्मिक पुस्तकहरूमध्ये ओशोको पुस्तक धेरै पढेको छु । माई लाइफ विथ ओशो पनि एकदमै राम्रो छ । यो पुस्तक पढे पछि छुट्टै आनन्द प्राप्त हुन्छ । दिमाग पनि शान्त हुन्छ ।

यो पनि…
लोक सर्जक खेम सेन्चुरीको नजरमा पढ्नैपर्ने ३ पुस्तक
कोरोनासँगै यसरी बदलियो लाइफस्टाइल



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested