English

‘ताइवान चीनकै हिस्सा हो’ – पुटिन



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ताइवानलाई चीनको अभिन्न अङ्ग भएको बताएका छन् । शीतकालीन ओलम्पिकको उद्घाटन समारोहका लागि शुक्रबार बेइजिङ पुगेका उनले त्यहाँ चीनका राष्ट्रपति सी जनपिङसँग भेटघाट गरे ।

भेटमा उनले ताइवानलाई चीनको अभिन्न अङ्ग मानेका छन् । साथै उनले ताइवानको कुनै पनि किसिमको स्वतन्त्रताको दाबीलाई खारेज गरिदिएका छन् । भेटघाटपछि जारी संयुक्त बयानमा भनिएको छ, ‘रुस एक चीन नीतिको समर्थन गर्छ ।’

बदलामा चीनले पनि युक्रेनको मुद्दामा अमेरिकासँग चलिरहेको तनावमा रुसको समर्थन गरेको छ । विश्वका दुई महाशक्तिको यो मिलनबाट ताइवान र युक्रेनको सङ्कट थप गहिरिने आशङ्का व्यक्त गरिएको छ ।

५ हजार ३ सय शब्द लामो संयुक्त विज्ञप्तिमा रुस र चीनले एक अर्काको रक्षाका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् । जसमा उनीहरूको सम्प्रभुता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा अन्य कुनै देशको हस्तक्षेप स्वीकार गर्न नसकिने विषयहरू समावेश गरिएका छन् ।

यसमा चीनले अमेरिकालाई हङकङमा दङ्गा भड्काइरहेको आरोप लगाएको छ । साथै, ताइवानलाई स्वतन्त्रताको मुद्दामा उचालिरहेको पनि बताइएको छ । रुसले पनि अमेरिकाले युक्रेनमा सङ्कट बढाइरहेको आरोप लगाएको छ ।

पछिल्लो समयमा पुटिन युक्रेनलाई नेटोमा समावेश गर्ने विरोधमा अमेरिकासमेत यस समूहको सबै सदस्यसँग जुझिरहेको छ । विगत २ वर्षको अवधिमा जिनपिङ कुनै पनि देशको राष्ट्रपतिसँग भेटघाट गरेको यो पहिलो पटक हो । यो भेटघाटपछि रुस र चीनको सम्बन्ध थप प्रगाढ भएको छ । दुवै मुलुकका नेताले भेटघाटपछि संयुक्त विज्ञप्तिमा भनेका छन्‘नेटो देशले शीतयुद्ध कालको रणनीतिको बाटो त्यागून् ।’

यो पनि
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested