English

‘ताइवान चीनकै हिस्सा हो’ – पुटिन



रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ताइवानलाई चीनको अभिन्न अङ्ग भएको बताएका छन् । शीतकालीन ओलम्पिकको उद्घाटन समारोहका लागि शुक्रबार बेइजिङ पुगेका उनले त्यहाँ चीनका राष्ट्रपति सी जनपिङसँग भेटघाट गरे ।

भेटमा उनले ताइवानलाई चीनको अभिन्न अङ्ग मानेका छन् । साथै उनले ताइवानको कुनै पनि किसिमको स्वतन्त्रताको दाबीलाई खारेज गरिदिएका छन् । भेटघाटपछि जारी संयुक्त बयानमा भनिएको छ, ‘रुस एक चीन नीतिको समर्थन गर्छ ।’

बदलामा चीनले पनि युक्रेनको मुद्दामा अमेरिकासँग चलिरहेको तनावमा रुसको समर्थन गरेको छ । विश्वका दुई महाशक्तिको यो मिलनबाट ताइवान र युक्रेनको सङ्कट थप गहिरिने आशङ्का व्यक्त गरिएको छ ।

५ हजार ३ सय शब्द लामो संयुक्त विज्ञप्तिमा रुस र चीनले एक अर्काको रक्षाका लागि सहयोगको आवश्यकता रहेको बताएका छन् । जसमा उनीहरूको सम्प्रभुता, क्षेत्रीय अखण्डता र घरेलु मामिलामा अन्य कुनै देशको हस्तक्षेप स्वीकार गर्न नसकिने विषयहरू समावेश गरिएका छन् ।

यसमा चीनले अमेरिकालाई हङकङमा दङ्गा भड्काइरहेको आरोप लगाएको छ । साथै, ताइवानलाई स्वतन्त्रताको मुद्दामा उचालिरहेको पनि बताइएको छ । रुसले पनि अमेरिकाले युक्रेनमा सङ्कट बढाइरहेको आरोप लगाएको छ ।

पछिल्लो समयमा पुटिन युक्रेनलाई नेटोमा समावेश गर्ने विरोधमा अमेरिकासमेत यस समूहको सबै सदस्यसँग जुझिरहेको छ । विगत २ वर्षको अवधिमा जिनपिङ कुनै पनि देशको राष्ट्रपतिसँग भेटघाट गरेको यो पहिलो पटक हो । यो भेटघाटपछि रुस र चीनको सम्बन्ध थप प्रगाढ भएको छ । दुवै मुलुकका नेताले भेटघाटपछि संयुक्त विज्ञप्तिमा भनेका छन्‘नेटो देशले शीतयुद्ध कालको रणनीतिको बाटो त्यागून् ।’

यो पनि
आक्रमणको झुटो भिडियो बनाएर रसियाले युक्रेन अतिक्रमणको प्रयास गर्यो : अमेरिका
ओलम्पिक ‘ठूलो विजय’ भन्दै किमले गरे सी जिनपिङको प्रशंसा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो