English

च्याउखेती गर्न होमस्टे सञ्चालकलाई तालिम



लमजुङको बेसीशहर नगरपालिका-३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउखेती प्रविधिबारे सीप सिकेका छन्। गाउँघरमै च्याउखेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन्।

ग्रामीण सामुदायिक विकास केन्द्रद्वा सञ्चालित युवा उत्थानशील परियोजनाअन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउखेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए। उनका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ।

परियोजनाले लमजुङका होमस्टे गाउँको प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ। काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउखेतीको तालिम प्रदान गरिएको हो।

परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ। काउलेपानीमा च्याउखेतीका लागि कार्यक्रम गरेको छ। बेसीशहर नगरपालिका-२ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ।

बेसीशहर नगरपालिका-२ चिसापानी, सुन्दरबजार नगरपालिका-५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ।

सुन्दरबजार-९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ। परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ।

परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउखेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ।

यो पनि

मलेसियामा डेढ करोड सिध्याएका नरबहादुरलाई च्याउखेतीले बनायो करोडपति



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

नेपालकै गहिरो तालको परिचय बनाएको शे फोक्सुण्डो ताल मौसम खुलेसँगै निलो देखिएको छ । छिन , छिनमा रंग बदल्ने यो