English

ट्विटरले हटाइदियो ६ देशको ३५०० अकाउन्ट



ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरूको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउने लगायतका ३५०० भन्दा बढी ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको नरसंहार गरेको आरोप लाग्दै आएको छ । विज्ञहरूका अनुसार १० लाखभन्दा उइगुरलाई विभिन्न शिविरमा राखिएको छ । उइगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुवै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ । बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका १ सय १२ अकाउन्ट बन्द गरिदिएको छ ।

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ । त्यसैगरी, मेक्सिकोका २ सय ७६ र भेनेजुएलाका २ सय ७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ ।

त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जानियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ, राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४ सय १८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।

यो पनि
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)
पर्यटन प्रवर्द्धनका लागि स्काई वकर सञ्चालनमा ल्याइँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

Latest










Popular
Suggested