English

ट्विटरले हटाइदियो ६ देशको ३५०० अकाउन्ट



ट्विटरले चीन र रसियासहित ६ देशका विभिन्न संघ–संस्थाको अकाउन्ट हटाएको छ । सरकारको अनावश्यक प्रचार गरेको भन्दै ट्विटरले ती देशहरूको अकाउन्ट हटाएको हो । ‘चीनको अल्पसंख्यक मुस्लिम समुदाय उइगुरलाई होच्याउने लगायतका ३५०० भन्दा बढी ट्विट अकाउन्ट बन्द गरिएको छ’ ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेको छ ।

चीनमाथि गम्भीर मानवअधिकार उल्लंघन गरेको सिनजियाङ प्रान्तका मुसलमानको नरसंहार गरेको आरोप लाग्दै आएको छ । विज्ञहरूका अनुसार १० लाखभन्दा उइगुरलाई विभिन्न शिविरमा राखिएको छ । उइगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले आलोचना गर्दै आएको छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुवै सामाजिक सञ्जाल प्रयोग गर्दै अ‍ाएको छ । बेइजिङ समर्थित २०४८ अकाउन्टबाहेक ट्विटरले सिन्जियाङको क्षेत्रीय सरकारसँग जोडिएको च्याङगु कल्चर कम्पनीका १ सय १२ अकाउन्ट बन्द गरिदिएको छ ।

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ अकाउन्ट बन्द गरिदिएको छ । त्यसैगरी, मेक्सिकोका २ सय ७६ र भेनेजुएलाका २ सय ७७ अकाउन्ट बन्द गरिएको जनाइएको छ ।

त्यस्तै, नागरिक अधिकार समूह फिचुअ तान्जानियालाई निशाना बनाएको भन्दै अफ्रिकाका २६८ अकाउन्ट बन्द गरिएको छ । अर्कोतर्फ, राष्ट्रपति योवेरी मुसीभेनीको प्रचार गरेको भन्दै युगान्डामा ४ सय १८ ट्विटर अकाउन्ट बन्द गरिएका छन् ।

यो पनि
‘पृथ्वीबाहेक अन्यत्र जीवन छ कि छैन भन्ने प्रश्नको जवाफ जेम्स वेबले खोज्नेछ’ (भिडियो पनि)
पर्यटन प्रवर्द्धनका लागि स्काई वकर सञ्चालनमा ल्याइँदै



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात

Latest










Popular
Suggested