English

बिहान उठ्नेबित्तिकै के गर्न हुँदैन ?



दिनको संकेत बिहानले गर्छ भन्ने लोकोक्ति छ। तर, हामी जानेर वा नजानेर यस्ता गल्ती गरिरहेका हुन्छौं कि जसले हाम्रो दैनिकी नै खल्लो बनाइदिन्छ। विहान गर्ने गल्तीले शरीरलाई अस्वास्थ्य बनाउँछ र मनलाई दूषित तुल्याउँछ। ‘मर्निङ मिस्टेक्स’ले तपाईंको दिनलाई मात्र प्रभावित पार्दैन, दीर्घकालिन स्वास्थ्य समस्या पनि निम्त्याउँछ।

केही कुरा जानौं

उठेर काममा लाग्नु

दिनको आरम्भ विस्तारै शान्तपूर्वक गर्नुपर्छ। आँखा खुलेपछि थोरै समय ओछ्यानमै आरम गर्नुपर्छ। केहिछिन पछि दाँयातर्फ फर्केर उठ्नुपर्छ। यसरी उठ्दा सुप्त अवस्थामा शिथिल रहेको ऊर्जा शरीरमा राम्ररी सञ्चार हुनपुग्छ। यसले शरीरमा ऊर्जाको संचारलाई सन्तुलित गर्छ।

स्ट्रेचिङ नगर्नु

सुतेको समयमा हाम्रो शरीरको मांशपेसी, खासगरी मेरुदण्डको हड्डी कठोर भएको हुन्छ, जसलाई सामन्य अवस्थामा फर्काउनका लागि शरीरलाई स्ट्रेच गर्नुपर्छ। तीनचार पटक शरीर स्ट्रेच गर्ने र बाँया फैलिएर सकारात्मक ऊर्जालाई स्वंम महसुस गर्ने। यसले दिनभर शरीर फूर्तिलो बन्छ।

ब्रेकफास्ट नगर्नु

बिहान उठेर ब्रेकफास्ट नगर्नु भनेको मधुमेह, मोटापनलाई निमन्त्रणा गर्नु हो। यस किसिमको बानीले रोगप्रतिरोधात्मक क्षमतामा पनि ह्रास आउँछ। विहान उठेर ब्रेकफास्ट नलिदा हाम्रो शरीरमा अतिरिक्त तनाव पर्छ। ब्रेकफास्ट हेल्दी र ताजा हुनुपर्छ । चिया, बिस्कुट जस्ता खानेकुराभन्दा भिजाएको बदाम, रोटी, फल सेवन गर्नुपर्छ ।

आँखा खोल्नसाथ मोबाइल चेक गर्नु

बिहान निन्द्रा खुल्नसाथ धेरै मानिसले मोबाइल खोज्छन्। आँखा माड्दै फोनमा इमेल, म्यासेज चेक गर्न थाल्छ। यसले तपाईंलाई उठ्नुअघि नै तनाव पैदा गरिदिन्छ। त्यसैले उठ्नसाथ मोबाइल चेक गर्नु हुँदैन।

नमुस्कुराउने बानी

तपाईंको मुश्कानले तपाईंको स्वास्थ्यलाई निकै फाइदा गरिरहेको हुन्छ। त्यसैले बिहान उठेर मुस्कुराउने अभ्यास गर्नुपर्छ। यसले इम्युन सिस्टमलाई मजबुद बनाउँछ। मुटुको चाललाई सन्तुलित राख्छ र उच्च रक्तचाप नियन्त्रण गर्छ।

एक्सरसाइज नगर्नु

धेरैजसो मानिस बिहान उठ्नसाथ काममा लाग्छन्। त्यसअघि हल्का व्यायम गर्नैपर्छ। शारीरिक काम गर्नु र व्यायम गर्नुमा फरक छ। काम गर्दा शरीरको एक भागलाई मात्र असर परिरहेको हुन्छ। मानसिक तनाव हुन्छ। तर, प्रफुल्ला मुद्रामा गरिने व्यवस्थित व्यायमले शरीरको समग्र भागलाई लाभान्वित तुल्याउँछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested