English

एउटै घरमा १२४ वटा सर्पको आतंक



अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिको घरमा १२४ वटा सर्पले आक्रमण गरेका छन् । सर्पको आक्रमणपछि उक्त व्यक्तिको शव प्रहरीले बरामद गरेको छ । यो डरलाग्दो रहस्य देखेर स्थानीयबासी त्रसित बनेका थिए । संसारमा यस प्रकारको घटना पहिलोपटक घटेको जसमा सर्पले यति ठूलो संख्यामा आक्रमण गरेको हो ।

घरमा रहेका १२४ वटा सर्प

मिडिया रिपोर्टका अनुसार यो हृदयविदारक रहस्य अमेरिकाको मेरिल्यान्डबाट बाहिर आएको हो । उक्त घरमा ४९ वर्षका एकजना मानिस बस्थे, एक साँझ सयौँ सर्पले उनलाई आक्रमण गरेका थिए । रिपोर्टका अनुसार वरपरका मानिसहरूले उक्त व्यक्ति लामो समयसम्म निदाएपछि प्रहरीलाई खबर गरेका हुन ।

प्रहरीले घरको ढोका खोल्दा उनीहरूको होस उड्यो । कारण, ती व्यक्ति भुइँमा मृतअवस्थामा लडिरहेका थिए र उनको वरपर सर्पहरू घुमिरहेका थिए ।

अमेरिकामा यति ठूलो संख्यामा सर्प भेटिएको घटना यो पहिलो हो । अचम्मको कुरा त छिमेकीलाई यसबारे जानकारी नै थिएन ।

वरपरका मानिसहरू यो निकै भयानक रहस्य रहेको बताए । सूचना पाएपछि प्रहरी उक्त व्यक्तिको घरमा पुग्यो । प्रहरीले घरको ढोका खोल्दा उनीहरूको होस उड्यो । कारण, ती व्यक्ति भुइँमा मृतअवस्थामा लडिरहेका थिए र उनको वरपर सर्पहरू घुमिरहेका थिए । प्रहरीका अनुसार प्रहरी आइपुग्नुअघि नै उनको मुत्यु भइसकेको थियो । त्यसपछि शव पोस्टमार्टमका लागि पठाइएको थियो ।

प्रहरीका अनुसार उक्त घरबाट एक सय २४ वटा सर्प समातिएको थियो । तीमध्ये केही विषालु सर्प पनि थिए । उक्त घरमा अजिंगर पनि थियो । यी सबै सर्प व्यक्तिको घरभित्र मात्रै थिएनन् । घरको वरिपरी पनि घुमिरहेका थिए । घरभित्रबाट १४ फिट लामो बर्मी अजिंगर पनि फेला परेको प्रहरीले जनाएको छ । चाल्र्स काउन्टी एनिमल कन्ट्रोलले सबै सर्पहरु समातेको थियो ।

यो पनि
ब्रेन डेड मानिसमा सुँगुरको किड्नी प्रत्यारोपण सफल
विश्वकै दुर्लभ कालो हीरा, हुँदैछ लिलाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो

भारतलाई आस्थाको देश पनि मानिन्छ । जहाँ हरेक धर्मका मानिसहरू बस्छन् । त्यहाँ अनगिन्ती मन्दिर र मस्जिदहरू छन्। त्यी मध्ये