English

पेन्सन बुझ्न शव बोकेर कार्यालय पुगेपछि…



पैसाका लागि मानिसले के–के सम्म गर्दा रहेछन् भन्ने उदाहरण दक्षिणपूर्व आयरल्यान्डको एक कार्यालयको घटनाले उदाङ्गो पारिदिएको छ । यहाँका एक मानिसले पेन्सनका लागि मृत मानिसलाई पनि जीवित रहेको भन्दै पेस गरेका छन् । यो घटनाको साक्षी दक्षिणपूर्व आयरल्यान्डको कार्लोका बासिन्दा बनेका छन् । मृत्यु भइसकेका व्यक्तिलाई ह्विल चेयरमा राखेर उनका आफन्तले पेन्सन दाबी गर्न कार्यालय पुगेका हुन् ।

यसै साता सार्वजनिक भएको सो घटनामा कार्लोस्थित हुलाक कार्यालयमा पुगेर ती व्यक्तिले आफन्तको पेन्सन माग्छन् । तर, कार्यालयका कर्मचारीले रकम लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने जवाफ दिन्छन् ।

कर्मचारीको जवाफपछि उनी कार्यलयबाट करिब पाँच सय मिटरको दूरीमा पुग्छन् जहाँ ६६ वर्षका एक व्यक्तिलाई दुई जनाले ह्विलचेयरमा राखेका थिए । ती ह्विलचेयरमा राखिएका व्यक्ति सेवानिवृत्त पेन्टर पिडर डोयल हुन् । उनका खुट्टा भुईमा लत्रिएको र अनुहार ढाएिको थियो ।

ह्विल चेयरसम्म पुगेर ती व्यक्ति फेरि हुलाक कार्यालय पुगेर वृद्ध आउन नसक्ने भन्दै पेन्सन माग्छन् । आईरिस टाइम्सका अनुसार फेरि रकम माग्न आएपछि कर्मचारीले पनि ह्विलचेयरमा बसेका मानिसको स्वास्थ्यबारेमा चासो देखाउँछन् ।

कर्मचारीले जाँच गर्ने क्रममा ती व्यक्ति मृत भेटिन्छन् । कर्मचारी आएपछि उनलाई बोकेका दुई व्यक्तिले ‘वृद्धलाई हृयघात भएको’ भन्दै शव त्यही छोडेर भाग्छन् । शब लिएर आएका युवा भागेपछि स्थानीयले तत्कालै एम्बुलेन्स बोलाएका थिए । एम्बुलेन्समा आएका स्वास्थ्यकर्मीले डोयल मरिसकेको बताएका थिए ।

६६ वर्षीय ती वृद्ध त्यहाँ ल्याउनु अघिल्लो दिनसम्म जीवितै थिए । तर, घरबाट कार्यालय ल्याउने बेलासम्म उनी जीवितै थिए वा मृत थिए भन्ने बारेमा प्रहरीले अनुसान्धान सुरु गरेको छ । उनलाई बोकेका व्यक्तिहरूले भने उनको कार्यालयमा आईसकेपछि मृत्यु भएको दाबी गरेका छन् ।

डोयललाई जीवितै देखाउन उनको अनुहार र शरीर ढाकिएको प्राप्त विवरणमा जनाइएको छ ।

यो पनि…
रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु
टर्कीमा राष्ट्रपतिविरुद्ध बोल्ने महिला पत्रकारलाई जेल सजाय



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested