English

हाइटीमा भूकम्प : दुई सय घर ध्वस्त



दक्षिण पश्चिम हाइटीमा भूकम्प जाँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ । ५ दशमलव ३ म्याग्निच्युडको सो भूकम्पपछि २०० घर भत्किनुका साथै केही मानिस घाते भएका छन् । भूकम्पपछि पराकम्पहरू आइरहेका छन् ।

राजधानी पोर्ट अउ प्रिन्सबाट एक सय ३० किलोमिट पश्चिममा रहेको एउटा सानो तटीय सहरमा दुई जनाको मृत्यु भएको छ । भूकम्पको केन्द्र बिन्दु रहेको निपिज जिल्लामा २०० घर ध्वस्त भएका छन भने ६०० घर तथा टहरमा क्षति पुगेको छ । भूकम्पमा घाइते ५० जनाको उद्दार गरिएको छ ।

अगस्टमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा दुई हजार २०० जनाको मृत्यु भएको थियो भने हजारौं घर भत्किएका थिए । त्यस्तै, सन् २०१० मा गएको अर्को शक्तिशाली भूकम्पमा दुई लाख भन्दा बढीको मृत्यु भएको थियो ।

यो पनि
रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु
अफगानिस्तानमा शक्तिशाली भूकम्प : कम्तिमा २६ जनाको मृत्यु



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

 रिजु अधिकारी ब्रिटिश काउन्सिलले बर्षेनी आयोजना गर्नेे ‘आईईएलटीएस प्राइज २०२३’ मा पाँच हजार पाउण्ड (आठ लाख ४० हजार रुपैयाँ) को

कर्याङकुरुङका नामले चिनिने ‘कमन क्रेन’ यतिबेला चितवनको दिव्यनगरस्थित धान खेतमा देखिन थालेका छन् । हरेक वर्ष केही महिनाका लागि नेपाल

विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो