English

राज्यले नदेखेको उपल्लो डोल्पा



उपल्लो डोल्पा एक भुगोल मात्र होइन, सीमा रक्षा गर्ने विनाबर्दीका सिपाहीहरूको खास ठाउँ हो । वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ ।

उपल्लो डोल्पा पुग्न भारी खर्चिलो छ । दूरीका हिसावले टाढा नभए पनि राज्यको आँखा नपर्दा उपल्लो डोल्पा जानका लागि फलामको चिउरा चपाउनुसरह मानिन्छ । ठूलो जिल्लाको रुपमा परिचित भए पनि डोल्पावासीको जनजीवन निकै कष्टपूर्ण रहेको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसी तुण्डुप गुरुङले बताए ‘चामलकै लागि हामीले राज्यलाई ज्ञापनपत्र बुझाउनु पर्छ । उपल्लो डोल्पामा औषधि नपाएर मानिस मर्दा सामान्यझैँ लाग्छ राज्यलाई । तर, काठमाडौँमा कुकुर मर्दा बजारभरि चर्चा हुन्छ,’ उनले भने । राज्यको स्रोत परिचालन र वितरण प्रणाली पक्षपाति हुँदा डोल्पामा दुःख पाएको उनको भनाइ छ ।

उपल्लो डोल्पाका तीन पालिकाको हावा, पानी र भूगोल सबै मिलेकोले स्वायत्त क्षेत्र घोषणा गरेर छुट्टै प्याकेज बनाई विकास गर्नुपर्ने स्थानीय ग्याल्वो भोटेले बताए ।

तापक्रम माइनसमा झरे पनि यहाँका मानिसहरू अफ्नो दिनचर्या चलाउन बाध्य छन्  । केही हुने खानेहरू ओलतीर झरे पनि अधिकांश सर्वसाधारणहरू उपल्लो डोल्पामै छन् ।

डोल्पाको शे फोक्सुण्डो गाउँपालिका ऐतिहासिक, धार्मिक, तथा पर्यटकीय पृष्ठभूमिसंग जोडिएको छ । साल्दाङस्थित ऐतिहासिक तथा धार्मिक स्थल शे गुम्बा र फोक्सुण्डो रिग्मो गाउँ र पर्यटकीय स्थल फोक्सुण्डो ताल यहाँ छ । यो ठाउँमा जानका लागि स्थल मार्ग हुँदै सदरमुकामबाट कम्तिमा दुइ दिन लाग्छ । घोडेटो बाटो हुँदै पैदल हिँडेर जानुपर्छ ।

सडक सञ्जालसँग नजोडिएको यहाँ हिउँ चितुवा, कस्तुरी र जडिबुटी प्रशस्त पाइन्छ । तर, देशमा व्यवस्था बदलियो, डोल्पाको अवस्था बदलिएन । उपल्लो डोल्पामा सधै झै चिसो भएपनि यो समयमा भारी हिमपातले झनै चिसो खपिनसक्नु छ  । तापक्रम माइनसमा झरे पनि यहाँका मानिसहरू अफ्नो दिनचर्या चलाउन बाध्य छन्  । केही हुने खानेहरू ओलतीर झरे पनि अधिकांश सर्वसाधारणहरू उपल्लो डोल्पामै छन् । मुसी, निजाल, फोत, कु, साल्दाङ, कराङ, कोमा, नाम्दो, भिजेरलगायतका गाउँका मानिसहरू चिसोमा मुकाविला गर्दै थाकथलो छोकेका छैनन् ।

हिउँमा चौंरी, याक र घोडामा सामान बोकाएर जीवन निर्वाह गर्नु पर्दाको डोल्पाली दुःखी छन् । तल्लो डोल्पा झर्नेहरू हिउँदको करिब ६ महिना काइगाउँ, कागेनी, सुलिगाड, पहाडामा टेन्टमा हिउँद गुजार्छन् । केहीको अस्थायी घर छ । केही भने कोठा भाडामा लिएर बस्छन् ।

उपल्लो डोल्पालीले औल झर्नुअघि उवा, फापर, आलु, गहुँलगायतका बाली थन्क्याइसक्छन् । उनीहरूलाई आफ्नो उत्पादनले तीनदेखि चार महिनासम्म मात्र खान पुग्छ । बाँकी समयका लागि तिब्बत र दुनैबाट खाद्यान्न किनी घोडा र खच्चडलाई बोकाएर ल्याउनुपर्छ ।

कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर, ति सबै अहिले हिमपातले गर्दा जान सक्ने र आउन सक्ने अवस्था छैन ।

वैशाख लागेपछि उपल्लो डोल्पा जानेको फेरि अर्को लाग्छ । फर्कनासाथ बाली लगाउने र यार्सागुम्बु संकलन गर्ने समय हुन्छ । यार्चागुम्बु उपल्लो डोल्पालीको मुख्य आयस्रोत हो । पशुपालन र व्यापार वैकल्पिक आयस्रोत हुन ।

शे–फोक्सुन्डो, छार्का ताङसोङ र डोल्पोबुद्ध तिब्बतसँग जोडिएका छन् । सदरमुकाम दुनै सडक सञ्जालले जोडिए पनि त्यसमाथि सडक छैन । उपल्लो डोल्पाका बस्तीसम्म पुग्न दुनैबाट एक सातासम्म हिँड्नुपर्छ । सवारीको मुख्य साधन घोडा हो । खच्चडबाट दुनै र त्रिपुराकोटबाट सामान ढुवानी गरिन्छ ।

साल्दाङ शे–फोक्सुन्डो गाउँपालिकाको केन्द्र र सबैभन्दा ठूलो गाउँ हो । फोक्सुन्डो ताल र करिब एक हजार वर्ष पुरानो शे र सामलिङ गुम्बा यहीं छन्  । उपल्लो डोल्पा पदयात्राका लागि प्रख्यात रहेको ठाउँ हो  ।

शे–फोक्सुन्डो गाउँपालिकासँग तिब्बतको क्याटो नाका जोडिएको छ । सबै स्थानीयको मुख्य बजार नै क्याटो हो । कोभिड संक्रमणका कारण उक्त नाका खुलेन । छिमेकी डोल्पोबुद्ध गाउँपालिकासँग तिब्बतकै मरिम–ला नाका जोडिएको छ । धो तराप, ताक्सी, सिमेनका बासिन्दा उक्त बजारमा किनमेल गर्छन् । तर, ति सबै अहिले हिमपातले गर्दा जान सक्ने र आउन सक्ने अवस्था छैन ।

संघीय सरकारले दुवै नाकालाई खुला गर्ने प्रक्रिया अघि बढाएको भने पनि त्यो परिणाममा उपल्लो डोल्पालीले देखेका छैनन् । उपल्लो डोल्पाका बालबालिकाले हिमपातका समयमा नियमित पाउने खोप समेत पाउदैनन् । अहिले देशैभरि चलेको कोभिडको खोपसमेत उपल्लो डोल्पाका सर्वसाधारणले पाउन सकेका छैनन् ।

यो पनि…
यसकारण उपल्लो डोल्पाका सर्वसाधारणले पाएनन् कोभिड –१९ विरुद्धको खोप
डोल्पामा घाम हैर्दै १२ घण्टा फोनको प्रतीक्षा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

बेलायतमा नेपालको पर्यटन प्रवर्द्धन हेतु वर्षेनी हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक पनि आयोजना गरियो । पोखरेली मञ्च यूकेले सधै

Latest










Popular
Suggested