English

सीमा नाकामा कोरोना चेकजाँच फितलो



सीमा क्षेत्रमा चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै कोरोना संक्रमित हुन थालेपछि स्वास्थ्य परीक्षण फितलो हुन थालेको छ। बेलहिया नाकामा राखिएको हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी आफैं कोभिड पोजेटिभ भएपछि अहिले चेकजाँच फितलो भएको हो।

भारतबाट नेपाल फर्किरहेका नेपाली र नेपाल भ्रमणका लागि आउने भारतीयमा अहिले सीमामा विशेष निगरानी गर्ने भनिए पनि जनशक्ति अभाव देखिएको छ।

सीमामा कोभिड पहिचान गर्न खटिएका अधिकांश स्वास्थ्यकर्मी अहिले आफैं कोभिडको चपेटामा परेका छन्। यसअघि नै चार जना स्वास्थ्यकर्मी कोभिड संक्रमित देखिएका थिए। अहिले त्यो संख्या बढेर सात पुगेको छ। बेलहिया हेल्थ डेस्कमा काम गर्ने ल्याबका कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि अहिले स्वास्थ्यकर्मी आत्तिएका छन्।

ल्याबमा काम गर्ने जङ्ग भण्डारी, दिया शर्मा, गणेशप्रसाद साह र नेपाल रेडक्रस सोसाइटिकी रुक्मिणी चौधरीलाई कोभिड संक्रमण देखिएको थियो। अहिले सुष्मा खत्री क्षेत्री, संगीता केसी (शक्ति) र रेडक्रसको स्वयम्सेवी अंगीरा यादवलाई पनि संक्रमण भएको छ।

स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण देखिएपछि औषधि उपचारदेखि आइसोलेसनसम्मको व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्वास्थ्यकर्मीले गरेका छन्।

‘राज्यकै लागि मरिमेटेर काम गरिरहेका छौं। तर,हामी पोजिटिभ हुँदा कुनै किसिमको सहयोग पाउन सकिरहेका छैनौं,’ एक स्वास्थ्यकर्मीले भने, ‘आफ्नै खर्चमा उपचारदेखि जोखिमकै अवस्थामा आइसोलेसन बस्नु परिरहेको छ।’

कतिपय स्वास्थ्यकर्मीलाई कोभिडको लक्षण देखिए पनि उनीहरू सिटामोल खाँदै काम गरिरहेका छन्। हेल्थ डेस्कमा हात धुने व्यवस्थासमेत छैन, खानेपानीको समस्या पनि उस्तै रहेको कर्मचारीहरूको गुनासो छ। कोभिड देखिएका कर्मचारीलाई अहिलेसम्म कसैले कुनै प्रकारको सम्पर्क नगरेको र सन्चो बिसन्चोसमेत नसोधेको उनीहरूको दुखेसो छ।

बेलहिया हेल्थ डेस्कको व्यवस्थापन अहिले सिद्धार्थनगर नगरपालिकाले हेरिरहेको छ। नगरपालिकाको स्वास्थ्य शाखाका निमित्त प्रमुख गीता न्यौपाने पोखरेलका अनुसार डेस्कमा नगरपालिकाका नौ जना, एसएसबीएसका चार जना, किड्सका दुई जना, सेतो गुराँसबाट एक जना र रेडक्रसका तीन जना कर्मचारीहरू खटिएका छन्।

यी मध्ये कसैलाई कोभिड पोजिटिभ देखिए उसको सट्टामा अरूलाई खटाउने गरिएको छ। पोखरेलले डेस्कमा पोजिटिभ देखिएका कर्मचारीहरू आफ्नै खर्चमा उपचार गर्नु पर्ने उनले बताइन्। होम आइसोलेसनमै बस्नु परेको हुँदा स्वास्थ्यकर्मीको लागि अलग्गै आइसोलेसनको व्यवस्था नगरिएको उनको भनाइ छ।

कोभिड संक्रमण देखिएका मध्ये अहिलेसम्म कसैको पनि अवस्था जटिल नदेखिएको हुँदा सबै आफ्नै खर्चमा बसेको उनको भनाइ छ। यस बाहेक संक्रमित देखिएकालाई नगरपालिकाबाट नै जडीबुटी एवं स्वास्थ्य संस्थाबाट उपलब्ध हुने औषधिहरू प्रदान गरिएको उनले बताइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले