English

किन मनाइने गरियो विश्व कुष्ठरोग दिवस ? कारण यस्तो छ



आज ६९औं विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठ रोग दिवस मनाउने गरिन्छ।

कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो। सन् २०१० मै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरि पनि नेपालमा नयाँ बिरामी देखिने गरेका छन्।

नेपालमा प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेका सरकारी तथ्यांक छ। कुष्ठरोग वंशाणुगत रोग भने होइन् । तर, परिवारमा वा समुदायमा कसैलाई देखिएको छ भने अरूमा पनि देखिन सक्ने सम्भावना भने उच्च रहने चिकित्सकहरू बताउँछन् ।

यदि समयमै कुष्ठरोगको उपचार हुन नसके रोगीहरू अपांग हुने र ज्यानसमेत गुमाउन सक्ने जोखिम भने तीव्र हुन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले