English

चिसोबाट कसरी जोगिने ?



यतिखेर देशभर चिसो बढ्न थालेसँगै सामान्यदेखि जटिल स्वास्थ्य समस्या देखिन सक्ने भन्दै चिसोबाट बच्न जनस्वास्थ्यविद्ले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले देशव्यापी रूपमा अझै तीन/चार दिन मौसममा सुधार नआउने र चिसो अझै बढ्ने बताएको छ।

विगत केही सातादेखि कोरोना भाइरस संक्रमण उच्च विन्दुमा पुगेको छ। कोरोना भाइरसका लक्षणसँग मिल्दोजुल्दा स्वास्थ्य समस्या चिसो बढेसँगै बढ्ने हुँदा थप सतर्क हुन आवश्यक रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ।

जनस्वास्थ्यविद् डा.बाबुराम मरासिनीकाअनुसार चिसोबाट नजोगिए ज्यानै जान सक्ने खतरा हुन्छ। उनको भनाइमा नेपालमा पुसदेखि इन्फ्लुएन्जा ए र इन्फ्लुएन्जा बी फैलिने गर्छ । ‘यो पनि एकदमै कडा हुन्छ । ३०० जनामा एक जनाको मृत्यु हुन्छ’डा.मरासिनीले भने।

त्यसबाहेक चिसो मौसममा रक्तचाप र मधुमेहका बिरामीमा पनि समस्या बढ्ने र त्यसले कतिपय अवस्थामा हृदयाघात वा पक्षाघात हुने सम्भावना रहन्छ।

जोगिने उपाय

दिउँसो र बिहान-बेलुका देखिने न्यूनतम र अधिकतम तापक्रममा १५ डिग्री सेल्सीअसको अन्तर भयो भने मानिसहरूमा विभिन्न स्वास्थ्य समस्या देखिन थाल्ने जनस्वास्थ्यविद् डा.मरासिनीले बताए।

‘दिउँसो जिउ तात्ने र बिहान-बेलुका चिसो हुने हुँदा केही किसिमका भाइरस र ब्याक्टेरिया सक्रिय हुने र त्यसले खोकी लाग्ने, छाती खराब हुने र ज्वरो आउने हुन्छ,’ उनले भने।

त्यसैले धेरै चिसोमा बिहान घरबाट बाहिर ननिस्किन र न्यानो गरी बस्न उनी सुझाव दिन्छन्। तर, न्यानोका लागि घरभित्र आगो बालेर बस्दा भेन्टिलेसनको व्यवस्था नभए ढोका वा झ्याल अनिवार्य खोल्नुपर्ने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले