मुखबाट र्याल चुहिनुका कारण र रोकथाम
र्याल निस्कनु राम्रो हो किनकि र्यालले नै मुखलाई गिलो पार्छ। तर,कतिपय मानिसको चाहिनेभन्दा बढी नै र्याल आउँछ। उठेकोभन्दा सुतेका बेलामा मुखभित्र धेरै र्याल बन्छ। र्याल खानेकुराको एलर्जी हुँदा वा औषधिले गर्मी गराउँदा चुहिन्छ। यस किसिमको समस्या हुँदा तकिया पनि फोहर हुन्छ र सँगै सुतेको मानिसका अगाडि लाज पनि हुन्छ।
उपचार
तुलसीको पात
राति सुत्नुअघि दुईतीन वटा तुलसीको पात चपाउनुहोस् र अलिकति पानी पिउनुहोस् । दुईतीन दिनसम्म यो उपाय गर्नुभयो भने र्याल चुहिन छोड्छ।
फिटकिरी
फिटकिरीको पानीले र्यालको समस्याबाट छुट्कारा दिलाउँछ। सुत्नुअघि फिटकिरी पानीले कुल्ला गर्दा मुखमा र्याल बन्न पाउँदैन।
दालचिनी
दालचिनीको चियाले र्याल चुहिने समस्यालाई हटाउँछ। दालचिनीको चियामा मह मिसाएर खाँदा अन्य स्वास्थ्य समस्यामा पनि राहत पाइन्छ।
अमला
अमलाको धूलो मनतातो पानीमा हालेर पिउँदा पनि राति र्याल चुहिने समस्या आउँदैन। यसले पेट पनि ठीक राख्छ। सांकेतिक तस्बिर










Milton
References: Payid pokies reviews 1 dollar deposit pokies payid