English

तेस्रो लहरलाई नियन्त्रणबाहिर जान नदिन जनस्वास्थ्यविद्का १२ सुझाव



नेपालमा यतिखेर कोरोना भाइरस संक्रमण दर ह्वात्तै बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार (६ माघ) बिहीबार एकैदिन १२ हजार ३३८ जना नयाँ संक्रमित भेटिए। यही गतिमा संक्रमण बढ्दै जाने हो भने अकल्पनीय अवस्था आउन सक्ने जनस्वास्थ्यविद् डा.रविन्द्र पाण्डेको भनाइ छ। उनले स्वास्थ्यका मापदण्ड पालनामा पनि प्रश्न उठाएका छन्।

‘पहिलो र दोस्रो लहरमा तमाम कमजोरीका बाबजुद परीक्षण वडावडाबाट गरिएको थियो, कन्ट्याक्ट ट्रेसिङ हुन्थ्यो, अहिलेभन्दा मापदण्डको अनुगमन हुन्थ्यो, क्वारेन्टिन र आइसोलेसन केन्द्र सबैतिर थिए,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘के हामी हरेक क्षेत्रमा झनपछि झन ओरालो लाग्दै गएको हो? सरकारको नागरिकप्रतिको दायित्व हराउँदै गएको हो?’

तेस्रो लहरलाई नियन्त्रणबाहिर जान नदिन उनले १२ वटा सुझाव दिएका छन्।

१.सरकारी ल्याब र हरेक वडाबाट निःशुल्क पिसिआर परीक्षण गर्ने व्यवस्था होस्।

२. प्राइभेट अस्पताल तथा ल्याबमा ५०० रूपैयाँमा पीसीआर टेस्ट होस्।

३.एन्टिजेन टेस्टको रेकर्ड र रिपोर्टिङ हुने व्यवस्था लागू होस्।

४. कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी होस्।

५. संक्रमित आइसोलेसनमा बसे नबसेको निगरानी होस्।

६.सीमानाकामा कडाइ, परीक्षण, क्वारेन्टिन र आइसोलेसनको व्यवस्था होस्।

७. प्रहरी प्रशासनद्वारा जनस्वास्थ्यका मापदण्डको प्रभावकारी अनुगमन होस्।

८. हरेक स्वास्थ्य संस्था र टोल र क्लब आदिबाट नि:शुल्क मास्क वितरण होस्।

९. हरेक स्वास्थ्य संस्थामा कोभिडका बिरामीको नि:शुल्क उपचारको लागि औषधि उपकरण तम्तयार होस्।

१०. खोपमा देखिएको ढिलासुस्ती हटोस्। हरेक स्वास्थ्य संस्था र स्कुलमा खोप केन्द्र राखेर दिनमा १० लाख जनालाई खोप दिने व्यवस्था होस्।

११. स्थानीय निकाय र प्रदेश सरकारको सक्रियता बढोस्।

१२. आम नागरिक, व्यवसायी तथा देशकै अर्थतन्त्रको लागि लकडाउनमा नजाने प्रत्याभूति होस्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले