English

दैनिक संक्रमणमा नयाँ रेकर्ड, एकैदिन थपिए १२,३३८ संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ६९८१ संक्रमित थपिएका छन्। काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि…
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

Latest










Popular
Suggested