English

दैनिक संक्रमणमा नयाँ रेकर्ड, एकैदिन थपिए १२,३३८ संक्रमित



नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप ६४९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जना संक्रमितको मृत्यु भएको छ ।

आज काठमाडौं उपत्यकामा मात्र ६९८१ संक्रमित थपिएका छन्। काठमाडौंमा ५००१, भक्तपुरमा ८५० र ललितपुरमा ११३० संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो पनि
बुस्टर डोजबारे भ्रम र यथार्थ !
नेपालमा एकैदिन १० हजार बढीमा संक्रमण पुष्टि, ५६२ जना निको



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले