English

कोरोना संक्रमित स्वास्थ्यकर्मी बढे, सेवा प्रभावित



चितवन । अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ। चितवन जिल्लाका चार ठूला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थयकर्मी संक्रमित भइसकेका छन्।

पालिकामा कार्यरत स्वास्थ्यकर्मी धेरै संख्यामा संक्रमित भएपछि खोपलगायतका स्वास्थ्य सेवा प्रभावित हुँदै गएका हुन्। संक्रमण भएर आठौं दिनमा कार्यालयमा काम गरेका स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुने दर बढ्दै गएको जनाउँदै खोप सेवा प्रभावित हुनसक्ने जानकारी दिए।

उनले भने, ‘संक्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ।’ इच्छाकामना गाउँपालिकामा कार्यरत अधिकांश स्वास्थ्यकर्मी संक्रमितसँगै लक्षणदेखिएको जानकारी आफूले प्राप्त गरेको उनले बताए। भरतपुरको आधारभूत स्वास्थ्य केन्द्र तोरीखेतमा रहेका दुई जनामध्ये दुवै संक्रमित छन्।

सबै पालिकाका धेरै स्वास्थ्यकर्मी संक्रमित भएको प्रमुख तिवारीले बताए। उनले भने, ‘यही दरमा संक्रमण फैलिँदै गयो भने स्वास्थ्य सेवा प्रभावित हुन्छ।’ जिल्लाको ठूला चार अस्पताल भरतपुर, बिपी कोइराला मेमोरियल क्यान्सर, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत १५० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मी संक्रमित भएका छन्।

भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलसहित ४५ संक्रमित भएका छन्। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले यस्तै अवस्था रहेमा नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताए। प्रयोगशाला, फार्मेसीलगायतका विभाग धेरै संक्रमित भएपछि समय तालिका मिलाउन कठिन भएको उनको भनाइ छ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी यही ढंगले संक्रमित बढ्दै गयो भने सामान्य अवस्थाका संक्रमित चिकित्सक स्वास्थ्यकर्मीले संक्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन्। ‘सबै संक्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्‍यो नि!’

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४८ चिकित्सक स्वास्थ्यकर्मी संक्रमित छन्। अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोले यस पटक चिकित्सक स्वास्थ्यकर्मीमा संक्रमण धेरै फैलिएको बताए। यही गतिमा संक्रमण फैलिएमा अस्पतालका नियमित सेवाको व्यवस्थापन कठिन हुनसक्ने उनको भनाइ छ।

चितवन मेडिकल कलेजमा ३५ चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा संक्रमित भइसकेको बताए। उनले भने, ‘सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्। परीक्षण गर्‍यो भने उनीहरूलाई पनि संक्रममण देखिन सक्छ।’ यस्तै अवस्था रहेमा संक्रमितले उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ।

छोटो समयमै निको भएकाले ठूलो जटिल अवस्था नआउनेमा आफूहरू ढुक्क रहेको न्यौपाने बताउँछन्। कलेज अफ मेडिकल साइन्सेसमा २० जना चिकित्सक स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। दैनिक यो संख्या बढ्दो छ। जिल्लामा चिकित्सक स्वास्थ्यकर्मीको संक्रमित एकीन संख्या आइसकेको छैन।

निजी अन्य अस्पतालमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मी संक्रमित हुने संख्या पनि ठूलो रहेको बताइन्छ। परीक्षण गर्न जाने अधिकांशलाई संक्रमण देखिन थालेको छ। जटिल अवस्था नभएका कारण अस्पतालमा भर्ना हुनेको संख्या भने कम छ। आजसम्म विभिन्न अस्पतालमा ४० जना संक्रमित भर्ना भएका छन्।

प्रमुख जिल्ला अधिकारी आश्मान तामाङले उच्च सावधानी अपनाएर स्वास्थ्य परीक्षणलगायतका काममा जुट्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरिएको बताए। पछिल्लो समय स्वास्थ्यकर्मी चिकित्सक संक्रमण हुने क्रम बढेको उनको भनाइ छ। हालसम्म सेवा भने अवरुद्ध नभएको उनको भनाइ छ। उनले प्रशासनले जारी गरेको आदेशलाई पालना गर्न आग्रह गर्दै सबै आ–आफ्नो ठाउँबाट सुरक्षित रहनुपर्ने बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

आफ्नो बिमारी साथीलाई कुरुवा बस्न महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेका ज्ञानबहादुर लामाको टि–सर्टमा रगतको छिटा देखेपछि अस्पतालमा कार्यरत एक नर्सले