English

दुई वर्षभित्र कम्युनिस्ट सम्मेलन गरिने




काठमाडौं ।
वैज्ञानिक समाजवाद स्थापना गर्ने मुख्य उद्देश्यले कम्युनिस्ट सम्मेलन आयोजना हुने भएको छ। नेकपा माओवादी केन्द्र समाजवादी पार्टीले ५ माघ बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई नयाँ राजनीतिक परिवेशमा कम्युनिस्ट आन्दोलनमा समाहित गर्न सम्पूर्ण कम्युनिस्ट पार्टी, शक्ति र व्यक्ति व्यक्तित्वको संयुक्त आयोजनामा कम्युनिस्ट सम्मेलनको आयोजना हुने जनाएको हो।

कम्युनिस्ट सम्मेलन आयोजनाका लागि आयोजक समिति गठन गरिनेछ। उक्त आयोजक समितिको संयोजक र संख्या निकट भविष्यमै सम्पूर्ण कम्युनिस्ट पार्टी बीचमा आपसी समझदारी गरेर घोषणा गरिनेछ। यसका साथै सम्मेलन सफलताका लागि विभिन्न विभाग गठन गरिने अध्यक्ष कर्णजीत बुढाथोकीले जानकारी दिए।

सम्मेलनमा राजनीतिक कार्यदिशा, समाजवादको चरण, रणनीति र कार्यनीति, संघर्षका स्वरूप, संगठनात्मक सिद्धान्त, पार्टी र सरकारको सम्बन्ध, शहीद, घाइते, अपांग एवं बेपत्ता योद्धा, पार्टी एकता ध्रुवीकरण, विज्ञान प्रविधि, जनश्रम, शिक्षा स्वास्थ्य, रोजगार, पर्यावरण, नेतृत्व र उत्तराधिकारी विकास, नेता कार्यकर्ताको जीवनशैली, पार्टी र सरकारमा जनताको नियन्त्रण र निगरानी, इतिहास, जनदिशा, समाजवादी संविधान, देशभक्त वामपन्थी र प्रगतिशील संयुक्त मोर्चा र सरकारलगायतका विषयमा छलफल गरिनेछ।

प्राप्त मस्यौदालाई संश्लेषित गर्दै नेपाल कम्युनिस्ट आन्दोलनको साझा घोषणापत्र विशाल आमसभाका साथ सार्वजनिक गरिनेछ। सम्मेलनको नारा ‘वैज्ञानिक समाजवाद स्थापनाका लागि ऐतिहासिक कम्युनिस्ट सम्मेलनको आवश्यकता’ र ‘क्रान्तिकारी कार्यदिशा, पार्टी, सत्ता र नेतृत्व निर्माणका लागि व्यापक जनसहभागिता’ तय गरिएको छ।

आगामी दुई वर्षभित्र गरिने सम्मेलनमा अन्तक्रिया, बैठक, प्रशिक्षण, भेला, गोष्ठी, राजनीतिक सम्मेलन, सुझाव संकलन, डिजिटल सिग्नेचर क्याम्पियन, भ्रमण, भेटघाट कार्यक्रम, सांस्कृतिक कार्यक्रम, चियापन कार्यक्रम जस्ता विधि अपनाइनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो ।

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

माघ १३ गते । केके मानन्धर ।आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भक्तपुरमा तयारी तीव्र भएको छ

सुमन सायमीको पोलिटिकल लिगेसीःकालीमाटी निवासी जीवन मानन्धरका छोरा हुन् सुमन सायमी । जीवन मानन्धरलाई जीवन दाइको नामले काठमाडौंका अधिकांशले चिन्थे

Latest










Popular
Suggested