English

‘पहाडकी रानी’को काखमा प्याराग्लाइडिङको रौनक



तनहुँ । ‘पहाडकी रानी’ बन्दीपुरमा पछिल्लो समय आन्तरिक एवं बाह्य पाहुनाको चहलपहलमा वृद्धि हुँदै गएपछि होटल व्यवसायी खुशी भएका छन् । दिनमा झण्डै छ–सात सयका हाराहारीमा घुम्न आउने गरे पनि बास बस्ने पर्यटक भने कम रहेका छन् ।

बन्दीपुरमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक हुने गरेको तनहुँ उद्योग वाणिज्य संघ, बन्दीपुर बजार एकाइका सभापति एवं होटल व्यवसायी बैश गुरुङ बताउँछन् ।

पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना बोकेको सो क्षेत्रमा एक पटक पुगेका पर्यटक पुनः दोहो¥याएर जाने गरेका छन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानका अनुसार बन्दीपुरको प्याराग्लाइडिङ पर्यटकको रोजाइमा पर्न थालेपछि भीड बढ्न थालेको छ ।

थानीमाई डाँडाबाट प्याराग्लाइडिङ गरी बन्दीपुर–२ स्थित भूमर्सेमा अवतरण गर्ने व्यवस्था मिलाइएको छ । पोखराको ब्लु स्काइ कम्पनीले पर्यटकलाई ल्याएर प्याराग्लाइडिङ गराउँदै आएको छ । ब्लु स्काइले पर्यटकलाई प्याकेज बनाएर उडाउने गरेको समितिले जनाएको छ ।

विगत वर्षमा चीन, अमेरिका, फ्रान्स, इटाली, जर्मनीलगायतका पर्यटक आउने गरेकोमा कोरोना भाइरसको प्रभावले गर्दा आन्तरिक पर्यटक मात्रै आकाशमा रमाउने गरेका छन् ।

बन्दीपुर प्याराग्लाइडिङको लागि उपयुक्त स्थान मानिएको छ । बन्दीपुरको प्याराग्लाइडिङबाट हिमाल, हरियाली डाडाँकाँडा, सुन्दरबस्ती, टार, नदी, खोलाका साथै अन्य रमणीयस्थल देख्न सकिने भएकाले विदेशी पर्यटकको आकर्षणको केन्द्र बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।

प्याराग्लाइडिङको आकर्षण बढाउन थानीमाई जाने सडकको स्तरोन्नति गरिएको छ । अध्यक्ष थापा भन्छन्, ‘प्याराग्लाइडिङ स्थलसँगै मिनी ग्रेटवालका साथै साइकल लेन निर्माण सम्पन्न गरिएको छ ।’ रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

हङकङकी प्रथम महिला सगरमाथा आरोही साङ यिङ हङ (एदा) ले मनास्लु हिमालमा महिलातर्फको स्पिड रेकर्ड कायम गरेकी छन्। ५० वर्षीया

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता

Latest










Popular
Suggested