English

निर्धारित समयमै निर्वाचन गर्न सत्तारुढ दल सहमत



सत्तारुढ दलहरूबीच निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका छन् । मंगलबार बसेको सत्तारुढ दल आबद्ध गठबन्धनको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ ।

सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय समितिको बैठक बसेर आगामी निर्वाचनको मितिसहितका विषयमा छलफल गर्न बिहीबार बैठक बोलाएको हो ।

यसअघि सोमबार गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले ७ असोज २०७९ देखि स्थानीय तहमा नेतृत्व नरहने भएकाले तत्काल अद्यावधिक निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको थियो भने स्थानीय तहमा प्रतिनिधि रिक्त हुन नदिने गरी निर्वाचन गर्ने हो भने माघको पहिलो साताभित्र निर्वाचनको मिति तोक्नुपर्ने निर्वाचन आयोगले भनेको छ ।

यही बेला मंगलबार बसेको गठबन्धनको बैठकले निर्धारित मितिमै निर्वाचन गर्न सहमत भएको हो । सरकारले निर्वाचन गर्न आनाकानी गर्न थालेको आरोपकाबीच गठबन्धन बैठकमा दलहरूबीच सो सहमति भएको हो । तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।

यसलाई मध्यनजर गरेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो माघको पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने सुझाव दलहरूलाई दिइसकेका छन् ।

आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि यसबारे कुनै निर्णय भएको छैन । तर, तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनुपर्नेमा प्रमुख प्रतिपक्षी दल एमालेले पनि जोड दिइरहेको छ ।
यो पनि
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ पारित
प्रदेश २ को राजधानी जनकपुरधाम



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको

टंक प्रसाद आचार्य स्मृति प्रतिष्ठानले शुक्रबार पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको सम्झनामा एक बिशेष कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा सर्बोच्च अदालतका