English

अरूलाई प्रेम सिकाउने ‘महाभारत’का श्रीकृष्णको पत्नीसँग डिभोर्स



भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको सम्बन्ध सेप्टेम्बर २०१९ मै टुटेको थियो । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।

हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं । यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् । कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।’
यो पनि
अलग्गिए अभिनेता धनुष र ऐश्वर्या रजनीकान्त
कपिल शर्माले मदिराको तालमा गरे यस्तो ट्विट



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

Latest










Popular
Suggested