English

काठमाडौंमा कोरोना बुस्टर डोज, कहाँ–कहाँ छ खोप केन्द्र ?



कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा सरकारले अग्रपंक्तिमा खटिएका व्यक्तिहरूलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा बुस्टर डोज दिने भएको छ । काठमाडौंमा आज सोमबारबाट काठमाडौंका १७ स्थानमा बुस्टर डोज लगाउन थालिएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ ।

जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालू खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्नेगरी निर्णय गरेको छ ।

काठमाडौंका यी ठाउँमा लगाइन्छ कोरोनाविरुद्ध बुस्टर डोज:

शुक्रराज ट्रपिकल अस्पताल, टेकु
प्रहरी अस्पताल, पानीपोखरी
आर्मी अस्पताल, छाउनी
सशस्त्र प्रहरी अस्पताल, बलम्बु
शिक्षण अस्पताल, महाराजगञ्ज
वीर अस्पताल, महाबौद्ध
प्रसूति गृह, थापाथली

यो पनि
आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप
नेपालमा कोरोना संक्रमितको ग्राफ उकालो लाग्दै, एकैदिन थपिए १४४६ संक्रमित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

Latest










Popular
Suggested