English

४ महिना यताकै उच्च विन्दुमा नेप्से



आइतबार नेप्से परिसूचक ६९ अंक अर्थात २.४१ प्रतिशत बढेर २९२६.७४ विन्दुमा पुगेको छ। यससँगै नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ११.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.६४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ। आज २२९ कम्पनीको १ लाख १ हजार ५८९ पटकको कारोबारमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार रुपियाँ बराबरको १ करोड ८२ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकम साढे ४ महिनायताकै उच्च हो। यस अघि गत भदौ २१ गते ९ अर्ब ८२ करोडको शेयर खरिदबिक्री भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटनु, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा आज अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, अपि पावर, अपर तामाकोशी, शिवम् सिमेन्ट्स, नेपाल इन्फ्रास्ट्रक्चर र एचआईडिसीएलको २० करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

आज मध्य भोटेकोशीको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ। त्यसैगरी, हिमालयन डिष्टिलरी, सिभिल बैंक र सिन्धु विकास बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अरुण भ्याली हाइड्रोपावर र हिमालयन उर्जा विकास कम्पनीको ७ प्रतिशतभन्दा बढी बढेको छ। आज शेयरमूल्य घट्ने कम्पनीहरुको सूचीको शीर्ष स्थानमा भने बोटलर्स नेपाल (तराई) रहेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

Latest










Popular
Suggested