English

सातामा नेप्से ६ प्रतिशतले वृद्धि, कुन समूहको कति बढ्यो ?



यो साता नेप्से परिसूचक ६ प्रतिशत बढेको छ। गत साता २६९२.४७ विन्दुमा बन्द भएको नेप्से, यस साता १६५.२८ अंक अर्थात् ६.१४ प्रतिशत बढेर २८५७.७५ विन्दुमा बन्द भएको छ।

बजार खुलेका ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार उकालो लागेसँगै नेप्से सो दरमा बढेको हो। यस साताको बुधबार नेप्सेमा साढे ३० अंकको करेक्सन भएको थियो।

यस साता सेन्सेटिभ इन्डेक्स ४.८७ प्रतिशत बढेको छ भने फ्लोट इन्डेक्स ६.२३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.७३ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कारोबार रकम, कारोबार संख्या र शेयर संख्या पनि बढेको छ। गत साता दैनिक औसतमा ४ अर्ब २५ करोडको शेयर खरिद-बिक्री भएको बजारमा यस साता दैनिक औसतमा ७ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यस साता दैनिक औसत कारोबार रकम ६७.७६ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता कारोबार संख्या ४९.९९ प्रतिशत बढेको छ।

यस साता नेप्सेसँगै कुल बजार पुँजीकरण पनि ६ प्रतिशतभन्दा बढी बढेको छ। गत साता ३८ खर्ब ३ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण यस साता २ खर्ब ३३ अर्ब रुपैयाँ बढेर ४० खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

यो पनि…
वाणिज्य बैंकहरूमा १४ अर्ब निक्षेप थपियो, सिडी रेसियोमा सुधार
यस्तो छ, आजको विनिमय दर



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested